के–केमा कर छुट पाईन्छ ? (नेपालमा कर छुट सम्बन्धी कस्तो व्यवस्था रहेको छ)

नेपाल आय कर ८ को दफा १० मा रहेको कर छुट व्यवस्था सम्बन्धी जानकारी

कुनै पनि कर प्रणलीमा कुनै पनि देशको आर्थिक बिकासको लागि र सामाजिक बिकासको लागी करदातालाई अभिपेरित गर्ने उद्देश्यले केही कर छुटहरु दिएको हुन्छ । कुनै पनि राष्ट्रले अन्र्तराष्ट्रिय द्धिपक्षीय वा बहुपक्षीय सन्धि सम्बन्धी नियम अनुसार कर छुटको सुविधा दिएको हुन्छ ।

उक्त नियम अनुसार सबै भन्दा पहिले त नेपाल सरकारले अरु देशहरुसंग गरेका सन्धि संगै र युनाईटेड नेशनसँग गरेको समझौताको आधारबाट यदि कुनै विदेशी व्यक्ति नेपालमा आएर कुनै दुताबास वा संयुक्त राष्ट्र संघको कुनै कार्यलयमा काम गदर्छ भने त्यस्ता व्यक्तिहरुलाई कर छुटको व्यबस्था हुन्छ ।

त्यसैगरी ६० बर्ष पुगेका वृद्धवृद्धाहरुलाई महिनाको ५ सय रुपैयाँ भत्ता दिने व्यबस्था छ, सोसियल सेक्युरिटि पेमेन्टहरु, जुन नेपाल सरकारबाट तिरिएको छ त्यसमा पनि कर छुटको व्यबस्था छ । विदेशमा आर्मी पुलिसमा काम गरेर जो रिटायरमेन्ट भई नेपालमा आएका व्यक्तिहरु हुन्छन् उहाँहरुले प्राप्त गर्ने पेन्सनमा पनि कर छुट हुन्छ । नेपाल सरकारले पेमेन्ट गर्ने पेन्सनमा चाही कर लाग्छ, नेपाली कर्मचारीहरु जो दुताबास, संयुक्त राष्ट्र संघमा काम गर्नुहन्छ उहाँहरुले पाउने रकममा चाँहि कर लाग्छ तर विदेशमा काम गरेर यहाँ पेन्सन पेमेन्ट लिएमा कर छुट दिएको हुन्छ ।

त्यस्तैगरी व्वसायहरुमा पनि कर छुटको व्यस्था गरिएको छ । देशको आर्थिक बिकासको मेरुदण्डका रुपमा रहेको कृषि क्षेत्रमा कर लाग्दैन । नेपालमा जतिपनि कृषिसंग जोडिएका क्षेत्रबाट आय हुन्छ, त्यस्तो आयमा कुनै किसिमको कर लाग्दैन । जस्तैः कृषि, खाद्यन्न, पशुपंक्षीको खरिद बिक्रि जस्ता कारोबारबाट भएको आयमा कर लाग्दैन ।

सहकारी जसले गाँउघरमा कृषि सम्बन्धी, र कृषि व्यवसाय सम्बन्धी काम गर्छ त्यस्तो सहकारीलाई कर लाग्दैन । त्यस्तैगरी यदि कुनै उद्योगले ६ सय भन्दा बढी कामदारहरु लगाएर उद्योग स्थापना गरेको छ भने त्यसमा पनि सरकारले कर छुटको व्यबस्था गरेको छ ।

त्यसैगरी कुनै पनि र्दुगम क्षेत्र, अविकसित क्षेत्र र अति विकट क्षेत्र गएर उद्योग स्थापना गरेको छ भने त्यसमा ७० प्रतिशत देखि ८० प्रतिशत सम्मको कर छुटको व्यबस्था गरेको छ । कुनै पुर्वाधार आयोजना, हाईडो पावर, फास्ट ट्रायक, रोड आदिमा काम गर्ने कम्पनीहरुलाई पनि कर छुटको व्यबस्था गरेको छ । यदि बाबुको सम्पत्ति छोराको नाममा नामसारी भयो भने पनि त्यसमा कर लाग्दैन । युनिर्भसिटिले बिधार्थीहरुलाई प्रदान गर्ने छात्रवृत्तिमा पनि कर लाग्दैन । यस्तो शिर्षकमा गरिएको लगानीलाई खर्च लेख्न पाइन्छ ।

व्यवसाय संचालन गर्दा भएका वास्तविक खर्चहरुलाई खर्चको रुपमा लेखिन्छ । कुनै व्यक्ति वा कम्पनिले बैंकबाट ऋण लिएर आफ्नो व्यबसाय संचालन गरेको छ भने त्यो ऋणमा तिर्ने व्याज र बैंकलाई तिर्ने सेवा शुल्क रहेको छ त्यो शुल्कलाई खर्चको रुपमा लेख्न सकिन्छ । कुनै व्यवसाय वा उद्योग संचालन गर्दा कच्चा पदार्थ, मालसामन ल्याउदा लाग्ने खर्च लाई पनि खर्च लेख्न पाईन्छ । व्यवसायको मेसिनहरुको मर्मत र सुधार खर्चहरु लाई पनि खर्च लेख्न पाईन्छ । यदि वातावरण प्रदुषण नियन्त्रणको लागि खर्च गरिएको छ भने त्यसलाई पनि खर्चमा लेख्न पाईन्छ । तर कारखाना संचालन गर्न मेसिन औजारहरुमा जुन खर्च गरेको हुन्छ त्यसको पुरै रकमलाई खर्च लेख्न पाईदैन, त्यसको डिप्रसिएसन ९ह्रास कटी० रकमलाई मात्र खर्च लेख्न पाईन्छ । बिजनेसको रिर्सच एण्ड डेभलपमेन्टको लागि भएको खर्चलाई पनि खर्च लेख्न पाइन्छ ।

कस्तो शिर्षकमा गरिएको खर्चलाई खर्च लेख्न पाईदैन ?

यदि बिजनेसको कुनै पनि खर्च व्यक्तिगत खर्च छ भने त्यस्तो प्रकृतिको खर्चलाई हामीले आय करको लागी खर्च लेख्न पाईदैन । यदि त्यस्तो शिर्षकमा खर्च लेखिएको छ भने कर प्रयोजनको लागि जोडेर त्यसमा कर तिर्नु पर्छ ।

समयमा रकम भुक्तानी नगरेका कारणले विलम्व शुल्क, व्याज इत्यादी तिरेको खण्डमा त्यस्तो किसिमको शुल्कलाई खर्च लेख्न पाईदैन यदि त्यो खर्च लेखिएको छ भने त्यो रकम जोडेर त्यसमा कर तिर्नु पर्छ ।

भिडियो हेर्न तल क्लिक हेर्नुहोस् ।

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया