यो त होइन शेयर बजार घट्नुको कारण ? यी नयाँ कानुनी व्यवस्था कति कारक


बजार

काठमाडौं, मंसिर १५ । अहिले शेयर बजार घट्ने बिभिन्न कारणहरु समाचार र बिचारहरुमा आइरहेको छ । यसपटक ठुला लगानीकर्ताहरु पनि आफुहरुले बजार नघटाएको स्वघोषणा गरिरहेका छन् र बजार किन घटिरहेको छ आफुलाई थाहा नभएको बताइरहेका छन् । हुनत तीन दिनयता बजार फेरी पुरानै लयमा फर्किएको छ र हरेक दिन वृद्धि भइरहेको छ ।

बजार घट्नुमा लगानीकर्तामा देखिएको त्रास नै ठुलो कारण त छदैछ, त्यसबाहेक तरलता संकुचन, बैंकले निक्षेपमा दिने व्याजदरमा भइरहेको वृद्धि लगायत रहेका छन । तर, यसबाहेक बजारलाई प्रभाव पार्ने केही अन्य केही कारण पनि फेला परेका छन् ।

सहकारी र निजि फर्मले शेयरमा गरेको सम्पुर्ण लगानी निकाल्नु पर्ने
केही बर्षअघि नै सहकारीहरुलाई शेयरमा लगानी गर्न प्रतिबन्ध लगाइएको हो । बजारमा सहकारी र निजि फर्मको कति लगानी छ भन्ने यकिन छैन् । यद्यपी कम्पनी (पहिलो संशोधन) निर्देशिका २०७२ ले सहकारी र निजि फर्मले अन्य कुनैपनि संस्थाको संस्थापक वा सर्वसाधारण शेयरमा लगानी गरेको भए शेयर बिक्री गरिसक्न निर्देशन दिएको छ । यो निर्देशिका लागु भएको एक वर्षभित्रमा यस्तो लगानी झिक्नु पर्ने हुन्छ । २०७२ मसिंर ६ गते जारी भएको यो निर्देशिका अनुसार गत ६ गते सोमवारसम्ममा यी संस्थाहरुले आफुसंग भएको सबै शेयर बिक्री गरिसक्नु पर्ने हो ।

‘यो निर्देशिका अनुसार शेयर स्वामित्व झिक्नु पर्ने बेला भइसकेको छ, तर ठुलो मात्रामा शेयर लगानी भएको हुनसक्छ जुन झिकिहाल्न सम्भव नहुने भएकोले केही समय दिएका छौं ,’ कम्पनी रजिष्ट्रारको कार्यालयका डेपुटी रजिष्ट्रार सुरेन्द्र प्रसाद जोशीले भने । जोशीका अनुसार शेयरमा ठुलो लगानी भए अन्य योग्य कम्पनी वा व्यक्ति खोजेर, सहकारीले आफ्ना सदस्यहरुलाई नै बिक्री गरेर पनि यस्तो स्वामित्व हटाउन सकिने सुझाव दिइएको बताए ।

शेयर बजारमा सुचीकृत कति कम्पनीमा निजि फर्म र सहकारीको लगानी रहेको छ भनेर वास्तविक तथ्यांक निकालिएको छैन् । केही वर्षअघिसम्म शेयर बजारमा प्रत्यक्ष लगानी गरिरहेका सहकारीले पनि कति शेयर झिकिसकेका थिए वा झिकेका थिएनन भन्ने तथ्यांक पनि रहेको छैन् ।

‘मंसिर ६ यता ती संस्थाहरुले अन्य कम्पनीमा गर्ने शेयर लगानीलाई लेखांकन नगरिदिने भएका छौं, यसोभएपछि अब भने उनीहरुलाई थप लगानी नबढाउँन दबाब पुग्ने छ,’ डेपुटि रजिष्ट्रार सुरेन्द्र प्रसाद जोशीले बताए ।

capture-234

कम्पनीलाई  चुक्ता पुँजीको ६० प्रतिशतभन्दा बढि शेयर लगानी गर्नबाट रोक 
यता, फर्म बाहेकका कम्पनीहरुले शेयरमा लगानी गर्न पाउँने भएपनि निर्देशिकाले इन्भेष्टमेन्ट बाहेकका कम्पनीलाई पनि आफ्नो चुक्ता पुँजीको ६० प्रतिशतभन्दा बढि शेयर लगानी गर्नबाट रोक लगाएको छ । यसले पनि बजारमा त्यो सीमा भन्दा बढि लगानी गरिरहेका कम्पनीहरुले शेयर स्वामित्व घटाउन पर्ने हुन्छ ।

capture-2345

उल्लेखित नियमले बजारमा कत्तिको बिक्री चाप बढ्छ भन्ने अनुमान गर्न गाह्रो छ किनभने यस्ता संस्थाहरुबाट शेयर लगानी भएका छन् भैनन्, कति भएका छन भन्ने तथ्यांक छैन् । यद्यपी दोस्रो बजारमा यसको प्रभाव न्युन पर्ने डेपुटी रजिष्ट्रार सुरेन्द्र प्रसाद जोशीको अनुमान छ । यता, नेप्से स्रोतले पनि यी संस्थाहरुबाट शेयर बिक्री नबढेको बताएका छन् ।
तर, ती संस्थाहरुको शेयरमा लगानी रहेको अवस्थामा यसले केही न केही प्रभाव भने पर्ने छ । यस्तो प्रभाव तत्काल नभएर केही समयपछि पनि पर्न सक्छ भने क्रमिक रुपमा शेयर अफलोड हुँदै जाने भएकोले ठुलो प्रभाव नपर्न पनि सक्ने सम्भावना भने रहन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया