कम लागतको निक्षेप अधिक हुने बैंकको किन आम्दानी कम ?


विजय राज खनाल
काठमाडौं, मसिंर १२ । नेपालमा सञ्चालितमध्ये सस्तो दरमा धेरै पुँजी चलाउँन पाएका कतिपय बैंकहरु पनि आम्दानीको आधारमा भने अग्रस्थानमा आउन सकेका छैनन् ।

कम लागतको निक्षेप (करेन्ट एकाउन्ट र सेभिङ एकाउन्ट डिपोजिट/कासा) धेरै हुनुको मुख्य लाभ बैंकहरुको प्रफिट मार्जिन वृद्धिमा हुने गर्छ । कार्य सञ्चालनको लागि आवश्यक पुँजी सस्तोमा प्राप्त हुँदा लागत घट्ने भएकोले पनि बैंकलाई बढि नाफा गर्न सहयोग पुग्छ । सेभिङ एकाउन्ट डिपोजिटमा बैंकहरुले २/३ प्रतिशतसम्म व्याज दर प्रदान गरेपनि करेन्ट एकाउन्टमा बैंकहरुको व्याज लागत पर्दैन् । कासामा पनि करेन्ट एकाउन्टमा पुँजी धेरै हुने बैंकलाई पुँजी भार कम पर्छ ।

तर कम लागतको निक्षेप धेरै भएको कारणलेभन्दा पनि कर्जाको व्याज दर धेरै तोकेर बैंकहरुले नाफा वृद्धि गरिरहेको देखिन्छ । अहिले सञ्चालित २८ बैंकमध्ये व्याज आम्दानीमा सबैभन्दा अग्रस्थानमा कृषि बिकास बैंक रहेको छ । तर बैंक कम लागतको निक्षेप हुने प्रमुख बैंकहरुमा छैठौं स्थानमा रहेको छ ।

करेन्ट एकाउन्ट र सेभिङ एकाउन्ट डिपोजिट (रु १० लाखमा )    

low-cost-fund

बैंकहरुको निक्षेप (रु हजारमा)

deposit
कृषि बिकास बैंकले आफ्ना ऋणीलाई बढि व्याज दर लगाएर खुद व्याज आम्दानी सबैभन्दा धेरै गर्ने बैंकमा दरिन पुगेको हो । अहिले पनि बैंकको स्प्रेड दर नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढि छ । कृषि बिकास बैंकको यो दर ६.९७ प्रतिशत रहेको छ । निक्षेपमा दिने व्याज र कर्जामा दिने व्याज बीचको अन्तर हो, स्प्रेड दर । यो दरमा वृद्धि हुनु भनेको निक्षेपको व्याजदरभन्दा कर्जाको व्याज दर बढ्दै जानु भन्ने हो ।

निक्षेप आधार नै ठुलो भएको बैंकहरुको खुद व्याज आम्दानी पनि धेरै हुनु स्वभाविक कुरा हो । तर, उनीहरुको आम्दानी वृद्धिको कारण धेरै निक्षेप हुनु मात्र नभएर उच्च स्प्रेड दर पनि रहेको कृषि बिकास बैंककै उदाहरणबाट पनि देखिन्छ ।

बैंकहरुको खुद व्याज आम्दानी (रु हजारमा)

nii-and-intrest-spread
कृषि बिकास जस्तै नेपाल बैंकले पनि यस्तो स्प्रेड दरबाट लाभ उठाएको देखिन्छ । हुनत : कासा अधिक हुने मध्ये यो बैंक प्रमुख तीन स्थानमा रहेको छ । व्याज आम्दानीको आधारमा चौंथो रहेको यो बैंक स्प्रेड दर धेरै हुने दोस्रो बैंकमा रहेको छ । बैंकले राष्ट्र बैंकको माप दण्ड भित्र नै आफुलाई राखेको भने छ । बैंकको स्प्रेड दर ४.९४ प्रतिशतमा रहेको छ ।

अधिकांश बैंकहरुले स्प्रेड दर ४ प्रतिशतको हाराहारीमा नै राखेका छन् । तर १२ बैंकले यो दर ४ प्रतिशतभन्दा कम कायम गरेका छन् । यसको अर्थ तुलनात्मक रुपमा यी १२ बैंकबाट ग्राहकले सस्तोमा कर्जा प्राप्त गर्ने अवस्था रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया