कपासको धागो बनाउने कारखाना आगलागीमा

नयाँ दिल्ली, मंसिर १२ । उत्तरी भारतमा अवस्थित कपासको धागो बनाउने कारखानामा भएको आगलागीमा परी कम्तीमा आठ कामदारको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका प्रहरीले शनिबार जानकारी दिएको छ ।

शुक्रबार अबेर राति कारखानाको विद्युतीय लाइनमा आएको अवरोधका कारण सुरु भएको आगलागीमा त्यहाँ रहेका कामदारहरु फसेका थिए । हर्याणा राज्यको पनीपाट जिल्लामा भएको सो घटनाका कारखानामा कार्यरत दर्जनाँै कामदार भाग्न सफल भएका प्रहरीले जानकारी दिएको छ ।

अग्नि नियन्त्रकहरुको पाँच घन्टाको प्रयासपछि सो आगलागी नियन्त्रणको लिइएको थियो ।

यस घटनामा परी सात व्यक्तिको मृत्यु भएको थियो । घाइतेमध्ये एक व्यक्तिको शनिबार मृत्यु भएपछि यो सङ्ख्या आठ पुगेका स्थानीय प्रहरी अधिकारी दीपक कुमारले एएफपी समाचार समितिलाई बताउनुभएको छ । यस घटनामा दुई महिला कामदारको पनि मृत्यु भएको छ ।

गत नोम्भेम्बर ११ मा नयाँ दिल्लीमा गैरकानुनी रुपमा रहेको एक गार्मेन्टको विद्युतीय लाइनमा आएको खराबीका कारण लागेको लागलागीमा परी १३ व्यक्तिको मृत्यु भएको थियो । रासस/एएफपी

14 COMMENTS

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया