‘१०/१२ प्रतिशत बजार घट्दा आकाश पाताल नै खसेजस्तो गर्नु हुँदैन’


डा. आत्मराम घिमिरे, अध्यक्ष, इन्भेष्टर्स फोरम

धेरै मान्छेहरु के सोच्छन भने आज पैसा हाल्यो भने भोलि पैसा फलिहाल्छ । तर त्यो हैन किनकि यसको नाम नै पुँजी बजार हो पुँजी बनाउन त समय लाग्छ नि । तर निराश भइहाल्नु पर्ने स्थिति आएको छैन ।

इन्भेष्टर्स फोरम जुन रुपमा अगाडी बढ्नु पर्ने हो, त्यो अनुसार नभएको आरोप लाग्ने गरेको छ । यो फोरम व्यक्तिगत रुपमा अगाडी बढ्न मात्र प्रयोग भयो भन्ने पनि छन्, के भन्नु हुन्छ ?
हामीले जुन तवरले काम गर्नुपर्ने हो त्यो अवस्थामा सोहि अनुसारको सदस्यता बढाउनु पर्ने थियो । त्यो नभएको स्वीकार्छु । जुन सक्रियताका साथ काम गर्नुपर्ने हो त्यो पनि भएको छैन । जहाँसम्म यसलाई खुड्कीलोको रुपमा प्रयोग गरियो भन्ने आरोप छ, मेरो बुझाईमा एउटा प्लाटफर्ममा बसेर अर्को क्षेत्रमा लगानी गर्नु अस्वभाविक होइन । अब यसलाई आत्मसाथ गरि दुरुपयोग गर्नु भएन किनकि यहाँबाट पनि केही व्यक्तिहरु खुड्किलो चढ्नु भएको छ ।

तर माथि उक्लिनेले लगानीकर्ताहरुलाई ध्यान दिन सकेका छैनन् भन्ने कुरा पनि सवत्र सुनिएको छ नि ?
सामान्य कुरा के हो भने मानिस कुर्सिमा बस्नु र कुर्सिभन्दा बाहिर बस्नु एकदमै फरक हो । किनकि कुर्सिमा बस्नेलाई नीतिगत कुराले पनि बाँधेको हुन्छ । त्यहाँ गोप्यता पनि हुन्छ त्यसैले हामीले भनेको जस्तै कुरा हुबहु हुन सक्दैन ।

तर बजारबाट प्रत्यक्ष अनुभव लिएपछि त्यसलाई कार्यान्वन गर्नु सकिन्छ नि ?
हुनु पर्ने त हो । तर भएको छैन । त्यसमा बिभिन्न कुरा हुन्छन । व्यक्तिगत रुपमा कुरा उठाएर गर्न खोजेको होइन तर सिताराम जी नेप्सेको महाप्रबन्धक भइसकेपछि हामीले अनलाइन ट्रेडिङमा सुधार हुन्छ कि भनेर आश गरेका थियौं । तर भएन किनकि उहाँका आफ्ना समस्या होलान ।

त्यसोभए मान्नुहुन्छ इन्भेष्टर्स फोरमले पछिल्लो समय केही गर्न सकेको छैन ?
हैन, केही पनि गर्न सकिराखेका छैनौं भन्ने होइन । तर हाम्रो काम के हो भने हामीले नीति सम्बन्धमा लबिङ्ग गर्ने हो । बजार यस्तो हुनुपर्छ, बजारलाई यस्तो बनाउनु पर्छ भन्ने हो । हामीले बेलाबेलामा उठाईराखेका पनि छौं । हाम्रो काम शिक्षा दिने हैन नि हाम्रो मुख्य काम भनेको नीतिलाइ कसरी कार्यान्वन गर्ने भन्ने हो । हामीले सरकारलाई यस्तो यस्तो किसिमको कुरा गरौं जसलेगर्दा बजार दिगो हुन्छ भन्ने हौं । शेयर कारोबार गर्दा करको कुरा होस् अथवा कारोबार कमिसन घटाउने कुरा होस् र बजारमा कुनै नियामक निकाय, कम्पनी अथवा ब्रोकरले केहि बदमासी गरे भने हामीले लगानीकर्ताको हितमा उनीहरु बिरुद्ध आवाज उठाउने हो । ती काम हामीले गरिराखेका नै छौं।

साना लगानीकर्ताहरुको आवाज त समेट्न सकेको छैन भन्ने आरोप पनि छ ? यहाँहरुले समेट्न नचाहेको वा उनीहरु समेटिन समस्या भएको हो ?
हामी प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास गर्ने मान्छे हौं । जबरजस्ती सदस्य बनाउदै हिड्न त भएन । जो जो सदस्य बन्न चाहन्छन उनीहरुको ईच्छा पनि त हुनपर्यो । उहाहरु सदस्य नभएता पनि हामीले साना लागानीकर्तालाई लक्षित गरि आवाज त उठाइराखेका छौं त । सबैभन्दा मुख्य कुरा त के हो भने नीति र त्यसको सफल कार्यान्वयन त्यो भएपछि स्वत : त्यसले साना तथा ठुला लगानीकर्तालाई दुवैलाई लाभ पुर्याउँछ ।

साना लगानीकर्ता सधै पिडित हुनुपर्छ बजारमा भन्ने कुरा उठिरहेका हुन्छन् । सुचनाको पहुँचमा पनि एकरपता नहुँदा यी वर्ग नै फस्ने गर्छन् यसमा फोरमको भुमिका के हुन्छ ?
यो बिषयलाई लिएर हामीले बिगतमा निकै छलफल गर्यौ नियामक निकायसँग । हामीले ट्रान्सपरेन्सी र इनसाइडर ट्रेडिङको बारेमा उठेको थियो । तपाइले भन्नुभयो ठुलाले बेलैमा सूचना पाउछन र सानाले पाउदैनन भनेर यो साना र ठुला भनेर परिभाषित गर्न पनि गार्हो छ । अब कुन लेभलकालाई ठुलो र कुन लेभलकालाई सानो भन्ने ? अर्को कुरा के हो भन्ने ठुला र सानाभन्दा पनि सूचनाको पहुँच पुगेको वा नपुगेकोभन्दा उचित होला म पनि मध्यम लगानीकर्ता हुँ। तर मलाई सुचनाको समस्या रहेको छैन ।

यहाँ अन्तरास्ट्रिय बजारको पनि अध्ययन गर्नुहुन्छ, नेपालमा लगानी गर्ने वातावरण कस्तो पाउँनु हुन्छ ?
अझ राम्रो वातावरण बनिसकेको छैन । त्यसको लागि मुख्यत: दुई वटा कुरा आवश्यक छन् । ति के हुन् भने एउटा टेक्निकल इन्फ्रास्ट्रकचर त्यो न्युनतम आवश्यकता हो । टेक्निकल इन्फ्रास्ट्रकचर भनेको के हो भने जहाँ लगानीकर्ताले प्रत्यक्ष रुपमा अनलाइनमै शेयर किनबेच गर्न सक्छन । त्यो अनलाइन सिस्टममा पनि ब्रोकर रेस्पोन्सिबल भने हुनुपर्छ र त्यो ब्रोकरको मध्यमबाट नै जानुपर्छ । कसैले आफ्नो घरमा बसेर कम्प्युटरबाट शेयर किनेपनि त्यो ब्रोकरको निगरानीमा हुन्छ । अर्को कुरा चाँही ट्रान्सपरेन्सी इन मार्केट हुनुपर्यो भन्ने हो । अनि बल्ल बजारको स्वरुप परिवर्तन हुन्छ ।

अब बजारको कुरा गरौं, बैंक वित्तीय संस्थालगायतकाको त्रैमाशिक रिपोर्ट राम्रो आएको छ । तरपनि मार्केट किन निकै घटेको छ ? यस्तोमा लगानीकर्ताको कसरी संरक्षण गर्न सकिन्छ ?
अहिले विभिन्न सञ्चार माध्यमहरुले पनि लगानीकर्तालाई शेयर सम्बन्धि शिक्षा दिइराखेको अवस्था छ । प्रष्ट रुपमा के भन्छु भने हामी कुनै पनि वर्गलाई लक्षित गरेर कुनै पनि कार्यक्रम गर्दैनौं। हाम्रो मुख्य उदेश्य भनेकै प्रशासन तहमा उपयोगी नीति ल्याउन पहल गर्ने हो ।

अहिलेको बजारलाई कसरी हेरीराख्नु भएको छ ?
अहिलेको बजार आफ्नो निरन्तरतामा अगाडी बढिराखेको छ । त्यसमा म सकारात्मक अथवा नकारात्मक भयो भनेर लिन्न । सामान्य रुपमा भन्नुपर्दा सबैभन्दा उच्च बिन्दु भनेको १८८२ हो । अहिले नेप्से १५८० को लाइनमा छ, यो भनेको एकदम सामान्य हो । १०/१२ प्रतिशत घट्नु भनेको सामान्य कुरा हो यसलाई के के न आकाश पाताल नै फाट्यो भनेर हिड्नु पर्दैन । धेरै मान्छेहरु के सोच्छन भने आज पैसा हाल्यो भने भोलि पैसा फलिहाल्छ । तर त्यो हैन किनकि यसको नाम नै पुँजी बजार हो पुँजी बनाउन त समय लाग्छ नि । तर निराश भइहाल्नु पर्ने स्थिति आएको छैन ।

अहिले हेर्दा बजार घट्यो भने आत्तेर बेच्ने र बजार बढ्यो भने किन्ने प्रचलन छ । यो रणनीति उपयोगी हो त ?
बजारमा फण्डमेन्टल/टेक्निकल विश्लेषण भन्दापनि लगानीकर्ताको मनोबलको कुरा आउँछ । उहाँहरुले के सोचिराख्नु भएको कुरा भन्ने आउँछ । अन्तराष्ट्रिय मुलुकमा हेर्ने हो भने लगानीकर्ताको फियर एण्ड ग्रिड सुचाङ्कको कुरा आउँछ । तर मैले थुप्रै सम्भावना देखेको छु किनभने अहिले धितोपत्र बोर्डले जति पनि सुधारका कदम चालिराखेको छ त्यो बजारमा एकदमै सकारत्मक भइराखेको छ ।

हालै आएको दुई तीनवटा कुरा जस्तो निजि क्षेत्रले १० प्रतिशत लगानी गरे मात्र पनि प्रिमियममा शेयर जारी गर्न पाउने कुरा नै पनि उचित कदम हो । हामीलाई बजारको एक्सपान्सन गर्नुछ, हामीलाई एनसेल, डाबर जस्ता रियल सेक्टरलाई भित्र्र्याउनु छ । त्यस्ता कम्पनीहरुलाई ल्याउने वातावरण बनाइयो त्यो एकदमै सकारात्मक छ । अर्को गैर आवसिय नेपालीहरुको लगानीको बारेमा नीतिगत तहमा कुरा भएकै हो तर कार्यान्वयनमा आएको छैन । त्यसलाई पनि क्रमबद्ध रुपमा कार्यान्वयनमा ल्याउनु पर्नेछ । त्यसपछि चाँही मार्केट एक्सपान्सन हुन्छ ।

vlcsnap-2016-11-20-15h52m40s618

हाम्रो मुलुकमा के समस्या देखियो भने बोनस र हकप्रदले गर्दापनि सप्लाई धेरै भयो । सप्लाई साइज घटाएर डिमाण्ड साइज बढाउन सरकार, नेप्से, धितोपत्र बोर्ड लगायतका निकायले काम गर्न सकेको छैन । अब वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिएर हुन्छ कि यसको व्यवस्था हुनुपर्छ किनभने अहिले सबै कुरा काठमाडौं खाल्डोमा मात्र सिमित छ ।

वाणिज्य बैंकलाई ब्रोकरको काम गर्न दिने कुरा सेलायो तर जतिपनि ब्रोकरहरु छन् । उनीहरुलाई पनि त बाहिर पठाउन सकिन्छ नि, त्यो किसिमको वातावरण बनाउन सकिदैन ?
क्यापासिटिको कुरा पनि आउँछ । दुई चार ब्रोकरसँग होला । तर सबै ५० जाना ब्रोकरहरुसँग त्यस्तो क्यापासिटि छैन । जुन प्रकारले इन्भेष्टमेन्ट गर्न एक्सपान्सन चाहिन्छ त्यो वहाँहरुसँग छैन । दोस्रो कुरा के हो भने जस्तो २ करोड पनि चुक्तापुँजी नभएको ब्रोकरले कसरी मार्केटको एक्सपान्सन गर्छ ? बजारमा दिनमा १ अर्बदेखि २ अर्बसम्म कारोबार भएको देखिन्छ । त्यसैले त्यस्तो बजारमा काम गर्नको लागि ब्रोकरहरु पनि बलियो भएर आउनु पर्यो ।

८ अर्बको पुँजी वृद्धि पश्चातको मार्केट कस्तो हुन्छ भन्ने कौतुहलता सबैमा छ, तपाई के देख्नुहुन्छ ?

बिगतको इतिहासमा हेर्दा स्ट्याण्डर्ड बैंक २ करोड चुक्ता पुँजीमा स्थापना भएको थियो तर पनि ५० प्रतिशत पेडअप गरेर एक करोडमा बैंक हुन पायन्थ्यो । त्यो १९८५ को कुरा हो । अब

१ करोडको बैंक आज ८ अर्ब भएको छ । पहिला २ अर्ब पुर्याउनेभन्दा पनि बैंकहरुले कसरी पुर्याउछन भनेर धमाका मच्चिएकै हो तर अहिले ८ अर्ब पुर्याईराखेका छन् । भनेपछि ८ को १६, १६ को ३२ होला नि । हाइड्रोमा त यति धेरै लगानी चाहिन्छ किनकि मेरो लगानीको हाइड्रोमा स्वयम् ९ वटा बैंकहरु उपस्थित छन् । पहिला राष्ट्र बैंकले लिमिट राखिदिएको थियो एउटा क्षेत्रमा कति लगानी गर्ने भनेर । तर जलविद्युत् जस्ता क्षेत्रमा अहिलेपनि लगानी गर्न सक्ने चुक्तापुँजी भएको बैंक अहिलेपनि नेपालमा छैन । मलाई २ अर्बको प्रोजेक्ट चलाउन पर्यो भने मैले ४ वटा बैंक धाउनुपर्ने स्थिति हुन्छ । त्यसैले हाम्रो देशमा पनि संख्याभन्दा गुणस्तरीय भएको बैंक चाहिन्छ, बरु १ खर्ब चुक्तापुँजी भएको बैंक किन नहोस् । त्यसैले ८ अर्बपछि पनि बजार भने त्यतिकै झर्दैन किनभने बैंकको व्यवसाय बढ्ने आधारहरु बन्दै जान्छन् ।

१ करोडको बैंक आज ८ अर्ब भएको छ । पहिला २ अर्ब पुर्याउनेभन्दा पनि बैंकहरुले कसरी पुर्याउछन भनेर धमाका मच्चिएकै हो तर अहिले ८ अर्ब पुर्याईराखेका छन् । भनेपछि ८ को १६, १६ को ३२ होला नि । हाम्रो देशमा पनि संख्याभन्दा गुणस्तरीय भएको बैंक चाहिन्छ, बरु १ खर्ब चुक्तापुँजी भएको बैंक किन नहोस् ।

बजारमा रियल सेक्टर ल्याउन धेरै ढिला भइसकेको हो ? ल्याउनको लागि के गर्नुपर्छ ?
एक अर्बको कुनै पनि उद्योग छ भने त्यसको १० देखि १५ प्रतिशत पुँजी पब्लिकमा जारी हुनुपर्छ । नीतिगत रुपमा यो सम्भव छ किनभने १० करोडको लघुवित्त चाही स्टकमा आउनै पर्ने १ अर्बको सिमेन्ट उद्योगलाई स्टकमा किन नल्याउने ? नीतिगत रुपमा १० प्रतिशत दिन लाउने नभए उद्योग सञ्चालन गर्न लाइसेन्स नदिने । त्यो हिसाबले नीतिगत तहमा एउटा निर्णय गरियो भने स्वतः बजारमा रियल सेक्टर आउछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया