सगरमाथा इन्स्योरेन्सको मुनाफा ३ गुणाले वृद्धि

काठमाडौं, कातिक ३० । निजि क्षेत्रको निर्जीवन बीमा कम्पनी सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले पहिलो त्रैमासमा मुनाफा ३ करोड ९ लाख रुपैयाँ कमाएको छ जुन गत बर्षको तुलनामा लगभग ३ गुणाले वृद्धि गरेको हो । अघिल्लो बर्षको सोही अवधिमा कम्पनीले मुनाफा १ करोड ४ लाख रुपैयाँ कमाउन सफल भएको थियो ।

४४ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले १९ करोड ३२ लाख रुपैयाँ जगेडाकोषमा र बीमा कोषमा ३९ करोड १७ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी १ सय ८३ प्रतिशतले बढेर ५ करोड ८३ लाख रुपैयाँ पुगेको छ भने खर्चमा १ सय ५० प्रतिशतले बढेर २ करोड ८ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यस अबधिमा १६ करोड १९ लाख रुपैयाँ बराबरको बीमा शुल्क (खुद) आर्जन गरेको छ भने ७ करोड ४४ लाख रुपैयाँ बराबरको भुक्तानी दाबी (खुद) गरेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी ७ दशमलब ०१ रुपैयाँ, प्रति शेयर नेटवर्थ २ सय ३८ दशमलव ९१ रुपैयाँ, तरलता अनुपात २ दशमलब ४२ गुणा र पि.ई. अनुपात ३ सय २८ दशमलव ७५ गुणा रहेको छ ।

sagarmatha-insurance12

2 COMMENTS

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया