१८ औं शताब्दिअघिको राजसी ठाँट मात्रै २५ सयमा, तिहारअघि पुनः स्वागत गर्न तयार छ टिष्टुङको रिसोर्ट अध्याय रिट्रिट


१८ औं शताब्दि, नेपाल एकिकरण हुनुअघि बाइसे/चौबिसे राज्य हुँदा मकवानपुरको टिष्टुङ सामरिक महत्वको स्थान थियो । नेवार समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा तराई झर्ने क्रममा काठमाडौंका राजा अंशुबर्मा देखि राज्य एकिकरणपछि पनि शाह बंशका राजाहरु बास बस्ने गर्दथे ।

बद्लिदो परिवेशमा अहिले तराई झर्ने अन्य बिकल्पहरु तयार भएपछि सो क्षेत्र केही छाँयामा पर्दै आएको थियो । राजाहरु बास बस्ने पुराना दरबारहरु अहिले पनि ती क्षेत्रमा पाइन्छ । तर, पहिला राजाहरु बस्ने दरबारलाई समेत माथ खुवाउने गरि दरबारकै शैलीमा बन्दै छ, रिसोर्ट “ॐ अध्याय रिट्रिट” ।

‘पुरानो दरबार कै शैलीमा रिनोभेसन भइरहेको यो रिसोर्टमा ग्राहकहरुले सेवा भने आधुनिक पाउँने छन,’ रिसोर्ट सञ्चालक अर्जुन सिंह ठकुरीले बताए ।

om-adhyay-retreat-3

कसरी पुग्ने ?
काठमाडौंबाट फरक–फरक बाटोहरुको तय गरेर उक्त रिसोर्टमा पुग्न सकिन्छ । टिष्टुङ पुग्ने सबैभन्दा नजिकको बाटो भनेको काठमाडौं–चन्द्रागिरि–चित्लाङ–टिष्टुङ (बज्रबाराही, भटुवाल) बाटो एक हो । उक्त बाटोको दुरी जम्मा २९ किमी मात्र छ । उक्त बाटैबाटो दुइपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनहरु लाग्ने गर्छ ।

om-adhyay-retreat

त्यस्तै अर्को बाटो हो काठमाडौं–नौबिसे–बाइरोड–टिष्टुङ (बज्रबाराही, भटुवाल)  । जम्मा ६५ किमी दुरी रहेको उक्त रिसोर्ट जाने बाटो नै रमाइलो रहेको छ । बाटोका घुम्तीहरुले यात्रालाई झनै रोमाञ्चक बनाउछ ।

ग्राहकहरुलाई विभिन्न किसिमका प्याकेजहरु प्रदान गरिरहेको उक्त रिसोर्टमा २५ सय देखि ३८ सय सम्मका प्याकेजहरु छन् । उक्त प्याकेजमा वेलकम डिङ्क्स, खाना, बस्न, स्न्याक्सहरु समाबेश हुन्छन् । साथै उक्त रिसोर्टले कुलेखानीमा बोटिङ, जंगल सफारी, हाइकिङ, ट्रेक्स, भिलेज टुर, दृश्यावलोकन पनि बिनाशुल्क उपलब्ध गराउँदै आएको छ । आफ्नो सवारी साधनहरु नहुनेहरुको लागि रिसोर्टले पिक अप र ड्रपको ब्यवस्था गरेको छ । त्यसको लागि भने १/१ हजार रुपैयाँ अतिरिक्त शुल्क लाग्ने छ ।

om-adhyay-retreat-5

कसरी खोलियो अध्याय रिट्रिट :
आफ्नै जन्मथलोमा केही गर्ने सोचले गत वर्षको मंसिरबाट उक्त रिसोर्ट अर्जुनसिंह ठकुरीले सञ्चालन गरेका हुन् । सुरुमा ८ वटा कोठा, बैठक हल तथा टेन्टहरुबाट उनले सो रिसोर्ट सञ्चालनमा ल्याएका थिए । करिब ६ महिना उनले रिसोर्ट सञ्चालन गरेपछि ग्राहकहरुलाई थप सेवा पुर्याउन उनले गत असारदेखि रिसोर्टको स्तरोन्नती गर्न रिसोर्ट बन्द गरे शुरुमा उनले करिब २ करोड बराबरको लागतमा रिसोर्ट निर्माण गरेका हुन् । करिब ६ महिनाको अवधिमा करिब १५ सय ग्राहकहरु उक्त रिसोर्टमा आए ६ महिनाको शुरुवाती तथा छोटो अवधिमा मात्रै उनले करिब ४५ लाख बराबरको कारोबार गर्न सफल भए । ठकुरी भन्छन् :

“ग्राहकहरुलाई राम्रो सुविधा दिएको कारण व्यवसाय राम्रो भयो । कामले काम सिकायो, हौसला मिल्यो सोहीकारण स्तरोन्नती गर्नको लागि मैले रिसोर्ट बन्द गरें । अब बन्ने संरचनापछि अध्याय रिट्रिटमा ग्राहकहरुको लागि थप सुविधा हुने छ । साथै रिसोर्टको क्यापासिटी पनि बढेर १ सय ५० जनाको हुनेछ ।”

रिसोर्टको स्तरोन्ती सक्दा लागत ५ करोड पुग्ने भएको छ । हालसम्म पनि निर्माणाधिन उक्त रिसोर्ट तिहारअगाडी सञ्चालनमा ल्याउने तयारी सञ्चालक ठकुरीले गरेका छन् । आधुनिक भवनहरुबाट भन्दा परम्परा झल्कने भवनहरुबाट सेवा प्रदान गर्दा ग्राहकहरुले अलग अनुभुती पाउने हुँदा त्यस्ता भवनहरुको निर्माणलाई प्राथमिकतामा राखेका हुन्, सञ्चालकले । गाह्रोमा कलात्मकता, काठमा टुँडाल, बुट्टाहरु तथा फलामका रेलिङहरुमा पनि दरवारिया झझल्को दिने काम तीव्र रुपले अगाडी बढिरहेको छ ।

om-adhyay-retreat-2

om-adhyay-retreat-6

फेसबुकबाट तपाईको प्रतिक्रिया