ब्लु चिप कम्पनी मानिने एभरेष्ट बैंकका के छन् सबल र दुर्बल पक्ष ? हेरौं कम्पनी विश्लेषण

भारतको पञ्जाब नेशनल बैंकसँगको सहकार्यमा सन् १९९४ मा स्थापना भएको एभरेष्ट बैंक (Everest Bamk/EBL) राष्ट्रिय स्तरको ’क’ वर्गको इजाजत पत्र प्राप्त बैंक हो । एभरेष्ट बैंकले मुलुकको कृषि विकास, उद्योग तथा कर्पोरेट जगतको विकासमा निरन्तर सहयोग पुर्याईरहेको बैंकको दाबी छ । हालै मात्र भारतको पञ्जाब नेशनल बैंकले “IDRBT Banking Technology Excellence Award”  प्राप्त गरेको छ । त्यसै गरि बैंकले “Golden Peacock Business Excellence Award 2013” पनि प्राप्त गरेको छ । पञ्जाब नेशनल बैंकले माथिल्लो व्यवस्थापनमा सहकार्य गरेका कारण एभरेष्ट बैंकलाई प्राविधिक रुपमा ग्राहक सेवामा थप बल पुग्ने देखिन्छ । यस बैंकमा २० प्रतिशत शेयर पञ्जाब नेशनल बैंक, ५० प्रतिशत नेपाली प्रोमोटर तथा ३० प्रतिशत सर्वसाधारण लगानीकर्ताहरुको लगानी रहेको छ ।
वाणिज्य बैंकहरुमा ब्लु चिप्स कम्पनीको रुपमा लगानीकर्ताको प्राथमिकतामा पर्ने तथा बैंकिङ समुहमा आफ्नो अलग पहिचान बनाउन सफल एभरेस्ट बैंक लिमिटेडको अध्यक्षमा बि के श्रेष्ठ रहेका छन् भने कम्पनीको कार्यकारी प्रमुखका रुपमा मुख्य जिम्मेवारी सम्हालेका छन् ए के आहलुवलियाले ।

 

Board of DirectorManagement Team
NamePositionNamePosition
Mr. B.K. ShresthaChairman & Promoter DirectorMr.AK AhluwaliaCEO
Mr. Ved K ShresthaPromoter DirectorMr. AK BansalDy General Manager
Mr. Arun Man SherchanPromoter DirectorMr. Rajesh GautamDy General Manager
Mr. Bal Gopal BaidhyaPromoter Director
Mr. PK MohapatraDirector (PNB India)
Mr. Nabin Bhakta ShresthaDirector(Public)
Mr. Sunil Gopal ShresthaDirector(Public)

 

मुलुकभर ६१ वटा शाखा, ८४ वटा एटिएम काउन्टर, ५ वटा एक्सटेन्सन काउन्टर तथा २२ वटा रेभिन्यु कलेक्सन काउन्टरबाट ग्राहकलाई सेवा दिदै आएको यस बैंकले ABBS प्रणालीद्वारा ग्राहकमुखी सुबिधा पनि दिदै आएको छ । एभरेष्ट बैंकले आफ्ना ग्राहकलाई प्रदान गरेको सेवा सुविधाकै कारण विभिन्न अवार्डहरु पनि प्राप्त गरिसकेको छ ।

Awards

  • The bank has been conferred with the “Best Managed Commercial Bank” by ASIAN PAINT NEWBIZ Award 2013.
  • The bank adjudged as “Number 1 Bank” under CAMELS (along with Customer Base & Branch Network) rating conducted by KAROBAR national daily (a leading business media house of Nepal).
  • The bank has been conferred with “Bank of the Year 2006, Nepal” by the Banker, a publication of financial times, London.
  • The bank was bestowed with the “NICCI Excellence award” by Nepal India chamber of commerce for its spectacular performance under finance sector.

केही महिना अघि शेयर मूल्य आकाशिएको बेला ५० करोड रुपैयाँभन्दा बढी रकमको शेयर स्वयं एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठले बेचेपछि एभरेष्टका लगानीकर्ताहरुबीच हलचल पैदा भएको थियो । २०७४ असारमसान्त सम्ममा वाणिज्य बैंकहरुले आठ अर्ब चुक्ता पूँजी पुर्याउनुपर्ने हुन्छ । तर चुक्ता पूँजीको आधारमा भने यो बैंक केही पछि परेको छ । सामानुपातिक पूँजी वृद्धि योजना अनुरुप गत आर्थिक बर्षसम्ममा आठ अर्ब पूँजी पूर्याउनु पर्ने भएपनि एभरेष्ट बैंक यस मामिलामा पछि परेको छ ।

Stock Information

TrendBullishStock Info
Current Price3721SectorCom.
Paid up capital  Q4 (Billion)2.74
Financial Ratio(FY:072-073, Q:4)Paid up Value (Billion)1.97
EPS (NRS)65.97Market Capitalization (Billion)73.39
Book value NRS323.8152 week High/ Low1,945-  3,750
PB Ratio(times)11.85180 Days Average3,195.72
P/E Ratio (times)51.311 year yield+ 14.99%
Beta %0.95  %2W Avg. Vol, EBl25218.5
PEG Ratio  %5.18Share holder Patterns %
Net Liquid Asset/Deposit35.72Promoter12.31
ROTA %1.61Public69.69
ROE %25.56Panjab National Bank , India20
Capital fund To RWA %12.79Total100
NPL to TL %0.38Dividend
Credit to Deposit ratio %76.24Bonus Share (FY:2072/2073)6.58%
Cost of Deposit %2.24Right Share ((FY:2072/2073)30.00%

बैंकको प्रति शेयर आम्दानी ६५ रुपैैंयाँ ९७ पैसा रहेको छ । प्रतिशेयर आम्दनीका हिसाबले एभरेष्ट बैंक वाणिज्य बैंक मध्ये सबैभन्दा अगाडि देखिएको छ । तर यो आम्दानी अघिल्लो बर्षको तुलनामा भने कम हो ।

everest-3

एभरेष्ट बैंकको चौथो त्रैमासिक विवरण अनुसारको सकारात्मक तथा नकारात्मक पक्षहरु
सकारात्मक पक्ष

everest-2

एभरेष्ट बैंक सेवा तथा सुविधामा अब्बल रहे पनि समय समयमा विवादहरुमा फस्ने पनि गरेको छ । केहि समय अघि मात्रै यस बैंकले महत्वपुर्ण सूचनाहरु भारतीय बैंक पञ्जाब नेशनल बैंकलाई लिक गरेको समाचार छाएको थियो । त्यसो त यस बैंकका केहि कमजोरीहरु पनि रहेका छन् जसमा पञ्जाब नेशनल बैंकको गुडविललाई तथा त्यहाको प्रविधिलाई विस्तार गर्न नसक्नु, पर्याप्त एटिएम नहुनु, बजारीकरणको उपयुक्त नीति नहुनु, ग्राहकको चाहना अनुरुप सेवाको परिमार्जन गर्न नसक्नु, सिमित कार्ड सेवा जस्तै एससीटी सुबिधा मात्र उपलब्ध हुनु आदि ।

negative

everest-1

प्राविधिक आधारमा हेर्दा, एभरेस्ट बैंकको शेयर मूल्य बढ्ने बुलिश ट्रेन्डमै रहेको छ ।  प्याटर्न विश्लेषणबाट हेर्दा करिब सिमेट्रिकल त्रिभुज आकृति बनेको छ । कुनै पनि बुलिश वा बियारिश ट्रेण्डमा यस्तो खालको आकृतिलाई निरन्तरताको संकेत दिने आकृति बनेको थियो । यस आकृतिबाट ३ हजार ६ सय ४० को तहमा ब्रेक आउट भएको देखिएको छ । तर कारोबारको अन्तिम दिनमा बियारिश स्मल मैनबत्ती बनेको थियो ।

everest-tech

यसको खालको मैनबत्ती आकृतिलेले बजारमा केहि समय स्थिर हुने संकेत दिखाएको छ । शेयर कारोबार संख्या र बजार मूल्य  बढेको छ । यसले कम्पनीको ट्रेण्डको दरिलो रहेको छ । ३ हजार ५ सय ५५ को तहमा दुई पटक बजार टेवा परिक्षण गरेकोले यस बिन्दुमा दरिलो टेवा रहेको छ ।  त्यस्तै, ४ हजार १ सयको तहमा अवरोध रहेको छ । १४ दिने आरएसआई ७० को स्केलबाट ६७ को तह आईपुगेको छ । यसले अन्तिम दिनमा खरिद चापभन्दा बिक्रि चाप बढेको थियो । एभरेस्ट बैंकले आफ्नो पुँजी वृद्धिको लागि यस बर्ष आकर्षक बोनस तथा हकप्रद शेयर दिने भन्ने चर्चा चलेको छ जसले गर्दा यस कम्पनीको मूल्य बढेको छ ।  प्राविधिक विश्लेषणले मुलत : बजार मूल्य तथा कारोवार भोलुमको आधारमा भविष्यमा हुन सक्ने दिशा तथा तहको पुर्व अनुमान लगाउने गरिन्छ ।

1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया