कमोडिटी बजारका कारोबारीहरुले यो साता ध्यान दिनु पर्ने महत्वपूर्ण घटनाहरु



यी हुन् कमोडिटी बजारका कारोबारीहरुले ध्यानदिनु पर्ने महत्वपूर्ण घटनाहरु

यस हप्ता विश्व अर्थतन्त्र सम्बन्धि सार्वजनिक हुन गईरहेका महत्वपूर्ण जानकारीहरु निम्न प्रकार रहेका छन् :

सोमबार : यूरोपेली केन्द्रिय बैंक (इसिबि) का अध्यक्ष, मारियो द्राघिले कमिटि अन इकोनोमिक्स र मोनिटरी अफेयर्स अफ यूरोपियन पार्लियामेन्टका समक्ष आफ्नो मन्तव्य व्यक्त गर्ने छन् । सो बैठक नेपाली समय अनुसार साँझ ८ः५० मा ब्रुसेल्समा बस्न गइरहेको छ । अध्यक्षबाट आएको मन्तव्यले इसिबिको भावी रणनीति दर्शाउने भएका कारण वस्तुबजारका कारोबारीहरुका लागि महत्वपूर्ण रहनेछ ।

मंगलबार : कन्फरेन्स बोर्ड इन्कर्पोरेशनले नेपाली समय अनुसार साँझ पौने आठमा करिब पाँच हजार घरहरुमा गरिएको सर्वेक्षण सिबि कन्जुमर कन्फिडेन्स प्रकाशित गर्ने छ । यस सर्वेक्षणले छानिएका घरपरिवारको हाल र भविष्यमा हुन सक्ने आर्थिक गतिविधिलाई मापन गदर्छ । यस मासिक तथ्याङ्कले उपभोक्ताहरुले गर्ने खर्चको लेखाजोखा राख्दछ । जसले अमेरिकी डलर लगायत बहुमूल्य धातु र पेट्रोलियम पदार्थको मूल्यलाई समेत असर गर्दछ ।

बुधबार : फेडेरल रिर्जभकी अध्यक्ष जेनेट येलेनले नेपाली समय अनुसार साँझ पौने आठमा कमिटि अन फाइनान्सियल सर्भिसेस् का समक्ष मन्तव्य व्यक्त गर्ने छिन् । सो मन्तव्यको दोश्रो चरणमा प्रश्नोत्तर समेटिनेछ जसले बजारमा ठूलो उतारचढाव ल्याउन सक्नेछ । त्यसै गरी, इआइएले नेपाली समय अनुसार ८ः१५ मा कच्चा तेल भण्डारणको तथ्याङ्क प्रकाशित गर्ने छ । गत हप्ता इआइएले भण्डारणमा ६ दशमलव २ मिलियन व्यारेलले कमी आएको भनी तथ्याङ्क प्रकाशित गरेका कारण इआइएले बुधबार प्रकाशित गर्ने तथ्याङ्क बस्तुबजारका कारोबारीहरुका लागि महत्वपूर्ण रहने छ ।

बिहिबारः ब्यूरो अफ इकोनोमिक एनालाइसिस्ले नेपाली समय अनुसार साँझ ६ः१५ मा कुल ग्राहस्थ्य उत्पादनको त्रैमासिक रिपोर्ट प्रकाशित गर्ने छ । मुद्रास्फीति समायोजन पश्चात् वस्तु तथा सेवाहरुको मूल्यमा १ दशमलव ३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । यस अघि वृद्धि दर १ दशमलव १ प्रतिशत रहेको थियो । सोहि दिन डिपार्टमेन्ट अफ लेबरले नेपाली समय अनुसार साँझ ६ः१५ मा साप्ताहिक बेरोजगार दाबीको तथ्याङ्क प्रकाशित गर्ने छ ।

शुक्रबारः मार्किटले नेपाली समय अनुसार बिहान ७ः३० मा केइजिन मेनुफेक्चरिङ पिएमआई प्रकाशित गर्ने छ । सो साप्ताहिक तथ्याङ्क विनिर्माण उद्योगहरुका खरिदकर्ताहरुमा गरिएको सर्वेक्षणमा आधारित हुन्छ । आइएसएम सिकागोले नेपाली समय अनुसार साँझ ७ः३० मा सिकागो पिएमआई प्रकाशित गर्ने छ भने यूनिभर्सिटि अफ मिचिगनले सँशोधित यूओएम कन्जुमर सेन्टिमेन्ट प्रकाशित गर्ने छ ।

यि माथि उल्लेखित तथ्याङ्कहरु बाहेक पनि बस्तुबजारका कारोबारीहरुले २८ सेप्टेम्बरका दिन ओपेक राष्ट्रहरुले ईन्टर्नेशनल इनर्जी फोरमको बैठकमा गर्ने निर्णय लाई ध्यान दिनु पर्ने छ । सो बैठकमा ओपेक राष्ट्रहरुले कच्चा तेलको मूल्य स्थिर बनाउन अन्तराष्ट्रिय बजारमा तेलको आपूर्ति कटौति गर्न सक्ने अनुमान लगाइएको छ ।
स्मिता पौडेल

[email protected]

फेसबुकबाट तपाईको प्रतिक्रिया