बुलिश ट्रेन्डमा रहेको सनराइजले पाउला रु. ८६० मा टेवा (कम्पनी विश्लेषण सहित)

सनराईज बैंक लिमिटेड (Sunrise Bank Limited) को शेयर मुल्यको चाल सुधारोन्मुख अवस्थामा रहेको छ । नेप्से परिसूचक वृद्धिसँगै बैंक (SRBL) को मूल्य लगातार उकालो चढेर सेप्टेम्बर १४ मा हाल सम्मकै उच्च ९ सय ८८ बिन्दुमा पुगेर फर्केको हो । यस बैंकको बजार मूल्य सुधारको संकेत १४ दिने सकारात्मक डाइभरजेन्स देखिएको थियो, जसले देखिएको बलियो टेवा ९ सय २५ लाई पनि ब्रेक गरिसकेको छ । फिबोनान्सी रिट्रेस्मेन्टमा सट टर्म ट्रेन्डबाट हेर्दा बैंकको अहिलेको मुल्य ३८ दशमलव २ प्रतिशतको तह ८ सय ६० रुपैयाँमा दरिलो टेवा र ९ सय २५ बिन्दुमा दरिलो अवरोध छ । प्राविधिक विश्लेषकहरुमा धेरै प्रयोग हुने १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेस्क औजारबाट विश्लेषण गर्दा कम्पनीको शेयर आरएसआई स्केलको ५४ दशमलव २८ मा रहेको छ । यसको अर्थ मुल्य न्युट्रल जोनमा रहेको छ । ट्रेन्ड लाइनको आधारमा सनराईज बैंक लिमिटेड बैंकको शेयर बुलिश ट्रेन्ड नै रहेको छ ।

technical-chart

STOCK INFORMATION

sunrise-bank

sunrise1

sunrise3

सन् २००७ मा स्थापना भएको सनराइज बैंक लिमिटेड नेपाल राष्ट्र बैंक लिमिटेडबाट इजाजत प्राप्त क बर्गको वाणिज्य बैंक हो । ‘राइजिङ्ग टु सर्भ’ को उदेश्य लिएर स्थापना भएको यस बैंकले हाल देशब्यापी रुपमा बैंकिङ सुविधा बिस्तार गर्दै आएको छ ।

राष्ट्र बैंकले नारायणी नेशनल फाइनान्सलाई एक्वायर गर्न सैद्धान्तिक सहमति दिएपछि सनराइजले गत जेठ २० गते बैकको विशेष साधारणसभाले नारायणी नेशनल फाइनान्सलाई एक्वायर गरेको हो । यस एक्वायर प्रक्रियामा नारायणी नेशनलको १ सय कित्ता शेयर बराबर सनराईजको ७७ कित्ता शेयर (स्वाप रेसीयो) कायम गरिएको थियो । नारायणी नेशनललाई प्राप्ति गरेपछि सनराईको चुक्ता पूँजी ४ अर्ब, निक्षेप ५० अर्ब, कर्जा ४३ अर्ब र शाखा सञ्जाल ६७ पुगेको थियो । सनराइज बैंक लिमिटेड बैंकको पुँजी संरचना हेर्दा अधिकृत पुँजी ५ अर्ब रुपैयाँ रहेको छ । प्रोमोटर तथा साधारण शेयरको अनुपात ५१ बराबर ४९ रहेको छ ।

बैंकको ८ सदस्यीय सञ्चालक समितिको अध्यक्षता मोतिलाल दुगडले गरिरहेका छन् । व्यवस्थापन समितिको नेतृत्व गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा रत्न राज बज्राचार्यले जिम्मेवारी सम्हालिरहेका छन् । बैंकले उपत्यका भित्र ३३ वटा र उपत्यका बाहिर विभिन्न सहर र जिल्ला गरी ३८ वटा एटिएम सञ्चालनमा ल्याएको छ । त्यसैगरी, १० विभिन्न जिल्लाहरुमा बैंकले शाखारहित बैंकिङको सुविधा बिस्तार गर्दै आएको छ । धरानको बिपी कोइराला इन्स्टित्युट अफ हेल्थ साइनस र चितवन मेडिकल कलेजमा एक्स्टेनशन काउन्टर चलाउदै आएको छ ।

बैंकले सर्वसाधारणहरुको लागि पनि सजिलै कर्जा उपलब्ध गराउने गरी विभिन्न किसिमका कर्जा सुविधा दिएको छ । बैंकले कृषि कर्जा, शेयर कारोबार धितोपत्र कर्जा, सनराइजको गोल्ड लोन, ब्यापार कर्जा र आयात कर्जा जस्ता थुप्रै कर्जाको सुविधा दिएको छ ।

untitled

सनराईज बैंक लिमिटेडको ८ अर्ब पुँजी वृद्धि योजनाsunrise4

sunrise5

सनराइज बैंक लिमिटेडको चौंथो वित्तीय विवरणको समिक्षा
sunrise6

1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया