आपुर्ति मन्त्रालयको ब्यानर राखेर यस्तो छ भाटभटेनी सुपर मार्केटको ठगि



काठमाडौं, असोज ६ । यति बेला भाटभटेनी सुपर मार्केट्सको सबै केन्द्रहरुमा नेपाल सरकार आपुर्ति मन्त्रालयको भाटभटेनीबाट सामान खरिद गर्न आग्रह गरिएको आशयको सरकारको लोगो सहितको व्यानर टाँगिएका छन् । जहाँ भनिएको छ, ‘नेपाल सरकार आपुर्ति मन्त्रालयको बिशेष आग्रहमा दाल, चामल, तेल, नुन, चिनी, मसला, मैदा, चियापत्ति लगायतमा विशेष छुट दिइएको छ ।’

यो ब्यानर देखेपछि हामी अचम्मित हुँदै भाटभटेनीको हनुमानस्थान, बबरमहल केन्द्रमा पुग्यौं र त्यहाँका सामानहरुको मुल्य बुझ्यौं तर त्यहाँ सरकारको सिफारिशमा बिशेष छुट भनिएको व्यानर राखिएपनि सामानको मुल्य भाटभटेनीले आफ्नै चलनचल्तिको निर्धारण गरेर बेचिरहेको देखियो । त्यहाँ राखिएका बस्तुहरुको मुल्य स्वयं सरकारले सञ्चालन गरेको (साल्ट टे«डिङ्गले संचालन गरेको) सुपथ मुल्य पसल र सामान्य बजारको भन्दा निकै नै उच्च राखिएको पाईयो ।
हामी मुल्य बुझ्न सरकारको सुपथ मुल्य पसलमा पुग्यौं जहाँ चिनी प्रति केजी ७९ रुपैयाँमा बिक्री भईरहेको पाईयो भने बाहिर बजारमा अन्य स्थानमा ८५ रुपैयाँमा बिक्री गरिरहेको पाईयो तर त्यही चिनी भाटभटेनीले ८७ रुपैयाँमा बेचिरहेको छ ।

त्यस्तै, बाहिर पसलहरुमा मुगको दाल २ सय ५ प्रति केजीमा बिक्री भइरहेको छ तर भाटभटेनीमा त्यही दालको २ सय ४८ रुपैयाँ मुल्य रहेको छ । चिनी र मुगमा मात्र होईन सबै बस्तुहरुमा भाटभटेनीले उच्च मुल्यमा बिक्री गरिरहेको छ ।
अचम्म लाग्यो, न्यून बर्ग र मध्यम बर्गको पहुँचै नपुग्ने शहरका उच्च र उच्च मध्यम बर्गको सपिङ्ग हुने भाटभटेनीमा सरकारले दशैंलाई केन्द्रित गरि सस्तोमा सामान पाईन्छ किन्न जानुस् भनेर सरकारी व्यानर राखेर भाटभटेनीको प्रवद्र्धन गर्न मिल्छ ? सरकारले दशैं तिहार जस्ता चाडपर्वलाई मध्यनजर गरेर सहुलियत दिने उच्च र सम्पन्न मान्छेलाई हो कि मध्यम र न्यून बर्गका मान्छेलाई ? भाटभटेनी जस्तो घरानियाको सपिङ्ग हुने केन्द्रमा सरकारले राखेको सहुलियत व्यानरको औचित्य के त ?

हामीलाई अचम्म लागेर यही प्रश्न आपुर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीलाई सोध्यौं । उनले आँफुहरुले ब्यानर नै डिजाइन गरेर दिएको स्विकार गरे । आँफुहरुको आग्रहलाई भाटभटेनीले स्विकार गरेकोले त्यहाँ व्यानर राखिदिएको तर सहुलियतमा सामान बिक्री भएनभएको अनुगमन नगरिएको उनले बताए । तर, भाटभटेनीले न त छुट वा सहुलियतमा सामान दिएको छ न त मुल्य नै घटाएको छ । बरु सरकारी आधिकारीकता दुरुपयोग गरेर ग्राहक तानिरहेको छ ।

भाटभटेनीको हनुमानस्थानमा भेटिएका बानेश्वर थापा गाँउका एक व्यक्तिले आँफु सरकारको सहुलियत पसल यहाँ पनि रहेछ भनेर प्रवेश गरेको तर त्यहाँ सहुलियतको कनै गुञ्जायस नभएको बताए । उनले सरकारी ब्यानरमा भाटभटेनीले ग्राहक ठगिरहेको बताए । उनले भाटभटेनीका कर्मचारीले सरकारी दर रेट हो यो भन्दै सामान बिक्री गरिरहेको बताए ।
मलाई अचम्म लाग्यो कि यो कसरी जायज हुन्छ ? यदी भाटभटेनीले छुटमा नै सामान बेचिरहेको भएपनि सरकारले बिशेष सहुलियत कुन बर्गका नागरिकलाई दिने हो ? मन्त्रालय र बिभागका अधिकारीहरुले सहुलियत दिने नाममा कतै आफ्नो नजिकैको व्यापारीलाई प्रवद्र्धनका लागी यस्तो रणनीति त प्रयोग गरिरहेका छैन ?

img_8637
मन्त्रालयले भाटभटेनीमा नुन र चिनी मात्र पठाएको उल्लेख गरेको छ तर सरकारी व्यानरले भाटभटेनीमा भएका सबै सामान किन्नका लागी सरकारले सिफारिश गरिरहेको देखिन्छ । चिनी कै मुल्य पनि बाहिर बजारभन्दा कम छैन् । भाटभटेनीले सरकारको नाम भजाएर ग्राहकसँग गजबको ठगि गरिरहेको छ । सरकारी अधिकारी लाजै नमानि आफ्नो आधिकारीता जनाउने ब्यानर मुनि कसरी कारोबार भइरहेको छ अनुगमन नगरिएको बताउँछन ।
‘हामीले हाम्रो ब्यानर प्रयोग नै नभएको अवस्थामा पनि अनुमगन त गर्नुपर्छ नै, अहिले भने त्यहाँ अनुगमन हुन बाँकी छ,’ प्रवक्ता रेग्मीले भने ।

सरकारले चाहेको भए संस्थासँग संस्थानहरुबाट उपलब्ध हुने सामान बिक्री गर्ने सम्झौता गर्न सक्थ्यो वा अनुदानमा सामान दिएर बिक्री गर्न लगाउँन सक्दथ्यो । तर यी दुवै विकल्पमा सरकारले वेवास्ता गर्यो ।

भाटभटेनीमा जाने ग्राहक कै स्तर पनि उच्च मध्यम र उच्च वर्गका समुदाय हुन् । त्यसैले पनि हो सरकारको हवला दिएर बिक्रीमा राखिएको सामानमा मुल्य वृद्धि भयो भन्ने गुनासो आएको छैन् । तर, सरकारको हवला दिएर बिना प्रतिस्पर्धाको मुल्यमा नै कारोबार गर्ने छुट कसरी पाउँछ भाटभटेनीले ?

फेसबुकबाट तपाईको प्रतिक्रिया