करिब ९ अर्बको शेयर आउँदै

काठमाडौं, भदौ १४ । शेयर बजारमा केही महिना भित्रैमा ८ अर्ब ९४ करोड रुपैयाँ भन्दा बढीको शेयर आउने भएको छ । बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत तथा बीमा कम्पनीहरुको ८ अर्ब ९४ करोड रुपैयाँ भन्दा बढीको ८ करोड ९४ लाख भन्दा बढी कित्ता शेयर आउने भएको हो ।

नेपाल धितोपत्र बोर्डमा परेको आवेदनका अनुसार उक्त रकम बराबरको शेयर आउन लागेको हो । यसमध्ये ७ कम्पनीको साधारण शेयर (आईपिओ ) आउन लागेको हो भने २४ कम्पनीको हकप्रद शेयर आउन लागेको हो ।

साधारण शेयर निष्काशनका लागि आवेदन दिएका सात कम्पनी मध्ये एक कम्पनी युनाईटेड मोदीले स्थानियको लागि शेयर निष्काशनको अनुमति पाईसकेको छ, भने अन्य ६ कम्पनीले बोर्डबाट अनुमति पाएपछि शेयर निष्काशनको बाटो खुल्ने छ ।

११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको युनाईटेडलाई धितोपत्र बोर्डले यही भदौ १ गते स्वीकृती दिइसकेको छ । बोर्डले अनुमति दिएको दुई महिनाभित्रमा शेयर निष्काशन गर्नुपर्ने नियम भएकोले स्थानियले कम्पनीको शेयरमा छिट्टै लगानी गर्न पाउँने छन् ।

आईपिओ निष्काशनको लागि पाईपलाईनमा रहेका ६ मध्ये ५ वटा जलविद्युत कम्पनी छन् । पाईपलाइनमा बाँकी एक कम्पनीमा समता माईक्रोफाइनान्स रहेको छ । यो पाइपलाइनमा प्रतिनिधित्व गर्ने एकल वित्तीय संस्था हो ।

ipo

त्यस्तै हकप्रद शेयर निष्काशनको तयारीमा रहेका २४ कम्पनी मध्ये तीन कम्पनीले शेयर निष्काशनका लागि बोर्डबाट अनुमति प्राप्त गरिसकेका छन् । अनुमति प्राप्त गर्नेमा माउन्ट मकालु डेभलपमेन्ट बैंक, सहारा विकास बैंक र लक्ष्मी लघुवित्त वित्तिय संस्था हुन् । हकप्रद निष्काशनको पाइपलाईनमा रहेका कम्पनीमा दुई बैंक, १३ विकास बैंक, ३ फाइनान्स कम्पनी, दुई बीमा कम्पनी र एक जलविद्युत कम्पनी छ ।

right-share

27 COMMENTS

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया