कमोडिटीका कारोबारीले यो साता यी कुरामा ध्यान दिनुहोस् !

काठमाडौं, साउन ३१ । विश्व अर्थतन्त्रसँग सम्बन्धित घटनाक्रम तथा सम्बन्धित समाचारहरुले कामोडिटीको मूल्यमा असर गर्ने गर्दछ । तसर्थ कमोडिटी बजारका करोबारीले त्यस्ता घटना तथा समाचारहरुलाई ध्यान दिई विश्लेषण गर्नु महत्वपूर्ण हुन्छ । यो साता प्रकाशित हुनगईरहेका पूर्व निर्धारित महत्वपूर्ण तथ्याङ्क तथा समाचारहरु यस्ता रहेका छन् :

सोमबार : न्यूयोर्कको फेडेरल रिजर्भ बैंकले नेपाली समय अनुसार साँझ ६ः१५ मा एम्पायर स्टेट मेनुफेक्चरिङ इन्डेक्स प्रकाशित गर्ने छ । यस मासिक तथ्याँकले न्यूर्योकका करिब २०० उत्पादकहरुको सर्वेक्षण गर्दै त्यहाँको व्यापार स्थिति जनाउनेछ ।
मंगलबार: युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रको सूचक जर्मन जिउ इकोनोमिक सेन्टिमेन्ट नेपाली समय अनुसार २ः४५ मा प्रकाशित हुनेछ । त्यसैगरि, साँझ ६ः१५ मा सेन्सस् व्यूरो र व्यरो अफ लेवर स्टाटिस्टिक्सले बिभिन्न रिर्पोटहरु प्रकाशित गर्ने छन् । सेन्सस् व्यूरोले भवन निर्माणका लागि अनुमति प्राप्त संख्या र निर्माणाधिन भवनहरुको संख्या प्रकाशित गर्ने छ भने व्युरो अफ लेवर स्टाटिस्टिक्सले मासिक कन्ज्युमर प्राइस इन्डेक्स ९सिपिआई० प्रकाशित गर्ने छ । यसका साथै, फेडेरल रिजर्भले साँझ ७ बजे औद्योगिक उत्पादनको दर, क्यापासिटी युटिलाईजेसन रेट पनि प्रकाशित गर्ने छ । यि रिपोर्टहरुका कारण मगंलबार कमोडिटि बजारका कारोबारीहरुका लागि निकै महत्वपूर्ण रहनेछ ।
बुधबार: इआइएले नेपाली समय अनुसार साँझ ८ः१५ मा कच्चा तेलको भण्डारणबारे साप्ताहिक रिपोर्ट प्रकाशित गर्ने छ । विगतको तिन हप्ताको रिर्पोटले कच्चा तेलको भण्डारणमा क्रमिक वृद्धि आएको जनाएका कारण कच्चा तेलका कारोबारीहरु यस रिपोर्टको प्रतिक्षामा रहनेछन् । यसका साथै, फेडेरल रिजर्भले राति ११ः४५ मा एफओएमसिको बैठकको प्रतिवेदन प्रकाशित गर्ने छ । अर्थव्यवस्थामा क्रमिक सुधार आइरहँदा, प्रकाशित हुने प्रतिवेदनले अपेक्षित ब्याजदर वृद्धि गर्ने समयको संकेत दिन सक्दछ ।
विहिबार: फेडेरल रिर्जभ बैंक अफ फिलाडेल्फियाले नेपाली समय अनुसार साँझ ६ः१५ मा फिली फेड म्यानुफेक्चरिङ इन्डेक्स घोषणा गर्ने भएको छ । यस मासिक तथ्याङ्कले करिव २०० उत्पादकहरुको व्यापार स्थिति बारे संकेत गर्ने छ । त्यसैगरी, श्रम विभागले सोहि समय साप्ताहिक बेरोजगारी दाबीको तथ्याङ्क पनि प्रकाशित गर्ने भएको छ ।

विवेक रिसाल

media@mexnepal.com

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया