आरएसडिसी लघुवित्तको मुनाफा ७४ प्रतिशतले बढ्यो


आरएसडिसी

काठमाडौं, साउन २५ । आरएसडिसी लघुवित्त वित्तिय संस्था (RSDC Laghubitta Bittiya Sastha Ltd.) ले चौथो त्रैमासमा खुद मुनाफा ७४ प्रतिशतले बृद्धि गरी १ करोड ५० लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा खुद मुनाफा ८६ लाख रुपैयाँ रहेको थियो ।

आरएसडिसी लघुवित्तले कर्जामा ४० प्रतिशतले वृद्धि गरी ७१ करोड रुपैयाँ लगानी गरिएको छ जुन अघिल्लो वर्षको सोहि अवधिमामा ५० करोड ७१ लाख रुपैयाँ रहेको  थियो । यसको खुद व्याज आम्दानीमा ४३ दशमलव ७२ प्रतिशतले बढेर २ करोड ८८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा ७४ दशमलव १७ प्रतिशतले वृद्धि गरी २ करोड ३६ लाख रुपैयाँ पुगेको छ । जसले प्रोभिजनमा २० लाख रुपैयाँ राखिएको छ ।

आरएसडिसी लघुवित्तको निष्कृय कर्जा शुन्य रहेको छ भने जोखिम युक्ता सम्पत्ति १२ दशमलव ५४ प्रतिशत रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया