मितेरी डेभलपमेन्ट बैंकको खुद मुनाफा ५० प्रतिशतले बढ्यो


मितेरी डेभलपमेन्ट बैंकको कहिले होला बुक क्लोज ?

काठमाडौं, साउन २३ । मितेरी डेभलपमेन्ट बैंक (MDB) ले चौथो त्रैमासमा खुद मुनाफा ५० दशमलव ५३ प्रतिशत वृद्धि गरी ९ करोड ७२ लाख रुपैयाँ कमाउन सफल भएको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ६ करोड ४५ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

२१ करोड १२ लाख रुपैयाँ चुक्ता पुँजीको बैंकले १४ करोड रुपैयाँ जगेडाकोषमा गरिएको छ । बैंकले निक्षेपमा ३१ दशमलव १४ प्रतिशत वृद्धि गरी २ अर्ब ३१ करोड २३ लाख रुपैयाँ संकलन गरेर कर्जामा २ अर्ब २३ लाख रुपैयाँ लगानी गरिएको छ । जुन गत वर्षको तुलनाभन्दा ३९ दशमलव ७० प्रतिशतले वृद्धि हो । बैंकको खुद व्याज आम्दानीमा ४३ दशमलव ६३ प्रतिशतले वृद्धि गरेर १५ करोड ८९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफामा ४७ प्रतिशत वृद्धि गरी १४ करोड ७० लाख रुपैयाँ कमाउन सफल भएको छ । बैंकले प्रोभिजनमा ५५ लाख रुपैयाँ राखिएको छ ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक ४६ दशमलव ०२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १८ दशमलव ७१ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ६६ दशमलव ३० रुपैयाँ, तरलता अनुपात २८ दशमलव ८६ प्रतिशत रहेको छ । बैंकको निस्कृय कर्जा शुन्य दशमलव ०३ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्ति १५ दशमलव ७१ प्रतिशत रहेको छ ।

mithila bikas bankmithila bikas bank2

फेसबुकबाट तपाईको प्रतिक्रिया