क्लियरिङ हाउसले कसरी काम गर्छ, कमोडिटी मार्केटका लगानीकर्ताले जान्नैपर्ने कुरा

बिधाता पुरी ,ग्राहक सेवा व्यवस्थापक हिमालयन कमोडिटीज ब्रोकर्स प्रा. लि.

क्लियरिङ हाउसको आवश्यकता किन ?
सबैजसो फ्युचर एक्स्चेन्जहरुको आफ्नै क्लियरिङ हाउस रहेको हुन्छ । ब्रोकरको लागी, क्लियरिङर सेटलमेन्ट, नयाँ पोजिसन लिन, विभिन्न किसिमको सुझाव तथा सल्लाह लिन साथै डिपोजिट विथ्ड्रल प्रक्रियाको लागी पनि क्लीयरिङ हाउसको आवश्यकता पर्छ ।

समान्यतयाः क्लियरिङ हाउसमा दुई तरिकाले काम हुने गर्छ । एक प्रशासनिक कार्य र दोस्रो मार्केट मेकरको कार्य । प्रशासनिक कार्यमा साधारणतया ब्रोकरको माध्यमवाट सेवाग्राही आउने गर्दछन् । सामान्यतया सेवाग्राहीहरु तीन प्रकारका हुन्छन् ।

  • व्यक्तिगत सेवाग्राही
  • कर्पोरेट सेवाग्राही
  • नन नेपाली सेवाग्राही रहेका छन् ।

व्यक्तिगत सेवाग्राही बन्नको लागी व्यक्तिगत फारम भर्नुपर्ने हुन्छ । यस सँगै बैंकको स्टेट्मेन्टको पनि आवश्यकता पर्छ र त्यसलाई ब्रोकरले प्रमाणित गर्नुपर्ने हुन्छ ।

सेवाग्राही बन्नको लागी अफ्लाइन तथा अनलाइन दुवै किसिमका सुबिधा रहेका छन् । यदि अनलाइनबाट गर्ने हो भने विभिन्न क्लियरिङ हाउसको वेबसाइटहरु उपलब्ध रहेका छन् । त्यसै गरि विभिन्न ब्रोकर हाउसमा सम्पर्क गरेको खण्डमा उनिहरुबाट पनि सेवा प्राप्त गर्न सकिन्छ ।

सेवाग्राही बन्नको लागी न्युनतम १८ वर्ष उमेर पुगेको हुनुपर्छ । १८ वर्ष भन्दा माथिका सेवाग्राहीले फारम भरेर ब्रोकरबाट प्रमाणित गरिनुपर्छ ।

सबै प्रक्रिया पुरा भइसकेपछी ७ अंकको कोड ग्राहकले पाँउछन् । त्यस कोडको सुरुको ४ वटा अंक ब्रोकरकोे हो भने बाँकी तीनवटा अंक सेवाग्राहीको हो । यदि सेवाग्राहीसँग कोड छ भने उसले सजिलै कारोबार गर्न सक्छ ।

कारोबारको लागी सुरुमा न्युनतम एक हजार रुपैयाँ डिपोजिट गर्नुपर्ने हुन्छ ।  क्लियरिङ हाउसले तोकेको बैंक हरु (BOK) (NIBL) (CCBL) (LBL) तथा सेवा केन्द्रमा इ सेवामा डिपोजिट गर्नुपर्ने हुन्छ । डिपोजिट जम्मा भइसकेपछी सेवाग्राहीहरुले कारोबारको जानकारी प्राप्त गर्ने गर्छन् । कारोबारको समयमा सेवाग्राहीको कोडको आवश्यकता पर्छ ।

विथड्रल प्रक्रिया
सेवाग्राहीले कुनैपनि बखत आफ्नो डिपोजिट रकम निकाल्न सक्छन् । सेवाग्राहीले पाँच पटक मात्र डिपोजिट रकम निकाल्न पाउँछन् । यदि सो भन्दा धेरै पटक गर्नुपरेमा पार्सियल विथ ड्रको फारम भर्नुपर्ने हुन्छ त्यसको लागी न्युनतम १ हजार डिपोजिट हुनु आवश्यक छ ।

मार्जिन कल
सेवाग्राहीले कारोबार गर्दा गर्दै मध्य रात १२ बजेको समयमा आफुँसग भएको सेक्युरिटी डिपोजिट नेगेटिभ भएमा यसलाई मार्जिन कल भनिन्छ । यसको जानकारी ब्रोकरलाई इमेल मार्फत दिइन्छ । मार्जिन कल आइसकेपछि कारोबारीले अर्को दिनको ३ बजे सम्ममा डिपोजिट गर्नुपर्छ । समयमा नै डिपोजिट गरेमा लगानीकर्ताले गरेको होल्ड सुरक्षित हुन्छ तर लगानीकर्ताले डिपोजिटमा ख्याल पुर्याएन भने उसको होल्डिङ पोजिसन काटिन्छ ।

कम्प्लेन तथा प्रश्न
ट्रेड गर्दा गर्दै कुनै गुनासो, प्रश्न तथा सुझाव आएमा सेवाग्राहीले ब्रोकरको सहयोग लिनु पर्छ ।
मार्केट ओपन ग्याप

मार्केट ओपन ग्याप भनेको पहिलो र दोस्रो कारोबार बिचको ग्याप हो । यदि पहिलो सेसनमा कुनै किसिमको समाचार आएको खण्डमा त्यसले अर्को सेसनको किनबेचमा पनि असर गर्छ ।

अनलाइन सपोर्ट र अफलाइन सपोर्ट
अनलाइन सर्पोट भनेको कहिलेकाँही सेवाग्राहीले कारोबार गर्दै गर्दा ट्रेड नै सकिएको हुन्छ त्यस बखत कारोबारीले नयाँ पोजिसन लिन सकेको हुदैन साथै अर्डर प्लेस लिन पनि सक्दैन र क्यान्सिल पनि गर्न सक्दैन । यस अवस्थाको जानकारी कारोबारीले अनलाइन मार्फत लिन सक्छ । यदि लगानीकर्ता अनलाईनमा आउन नसक्ने अवस्थामा कारोबारको जानकारी ब्रोकर मार्फत लिन सक्छ ।

मार्केट मेकर
क्लियरिङ हाउसको एउटा रोल भनेको मार्केट मेकिङ पनि हो । मार्केट मेकर २ प्रकारको हुन्छ एउटा व्याक्तिगत तथा अर्को संस्थागत हो । क्लियरिङ हाउसले रिफ्रेस प्राइसको सहायताले लगानीकर्ताहरुलाई बिभिन्न कोड उपलव्ध गराउने गर्छन् ।

विस्तृत हेरौं भिडियोमा,

 

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया