साढे दुई घन्टामै केरूङ


काठमाडौं, असार ९ । साढे दुई घन्टामै काठमाडौंबाट चीनको व्यापारिक नाका केरूङ पुग्न सकिने गरी सुरूङमार्ग निर्माण सहित सडक विस्तार हुने भएको छ ।

काठमाडौंबाट केरूङसम्मको सडक दूरी अब सय किलोमिटर भन्दा कम हुने गरी सरकारले सडक विस्तार  गर्न लागेको छ । काठमाडौंको उत्तरी क्षेत्र सामाखुसी, टोखा हुँदै नुवाकोटको छहरे—त्रिशूली—वेत्रावती—मैलुङ—रसुवागढी हुँदै चिनीयाँ नाका केरूङसम्म पुग्ने छोटो बाटो कम समयमै सकिने देखिएको छ ।

सरकारले सामाखुसीदेखी छहरे खोलासम्म ३४.२ किमी सडक खण्डलाई डबल लेनसहित विकास गर्न लागेको हो । जसअन्तर्गत टोखादेखि छहरेसम्म ४.१७५ किमी सडक सुरूङ मार्ग निर्माण गरिने छ । हाल काठमाडौंबाट गल्छी, बेत्रावती—धुन्चे—स्याप्रुबेसी—केरूङसम्मको लम्बाई १ सय ६० किमी छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया