भुकम्पबाट बच्न अपनाउनुपर्ने केही उपायहरु

प्राकृतिक बिपत्ति कुनै संदेश दिएर आउदैन चाहे त्यो भुइचालो होस्, चाहे त्यो सुनामी होस्, चाहे त्यो बाडी पहिरो होस् त कुनै पनि बेला आउनसक्छन । यस्ता दैवी प्रकोपलाई हामी निराकरण गर्न नसके पनि न्यूनीकरण भने गर्न सक्छौ । हामी मान्छे जब कुनै घटना घट्छ अनि मात्र त्यस तर्फ़ चासो देखाऊछौ अनि जब त्यस विपदबाट बनेको घाउ पुरिदै जान्छ तब हाम्रो ध्यान त्यसबाट हट्दै जान्छ । यति बेला देश महाभूकम्पको त्रासदीपूर्ण क्षणबाट गुज्रीरहेको छ । त्यसो त  बेलाबेला आउने गरेका समाचार जसमा नेपाललाई भुकम्प प्रभावित देश भनेर भनिए तापनि अहिलेको आलो घाउबाट प्रस्ट हुन्छ हामी त्यस समाचार प्रति कतिको संबेदनशिल थियौ भनेर । हामीले के गर्यौ के गर्न पर्थ्यो भन्ने बिषयलाई केलाउनु भन्दा यस विपदबाट पाठ सिक्दै अब कसरि यस दुखद घडीमा संयमित भई एक अर्काको मदत गर्न सकिन्छ त्यस तर्फ़ सोचौ । त्यसो त यस विपदको समयमा मानिसले मानवता बिर्सेर व्यापार गर्दो रहेछ भनेर पनि देखियो । कुनै खाद्यान्न बस्तुमा बढी मूल्य लिने देखि लिएर राजधानीबाट आफ्ना घर जाने यात्रुहरु संग अनावश्यक शुल्क अशुली सम्म । पुरा राष्ट्र शोकमय भएको यस घडीमा कमाउने भन्दा पनि एक अर्काको मदत गरौ ।


महाभूकम्पले बनाएको घाउ पुरिन त बर्षौ लाग्नेछ । तर यदि हामीले बेलैमा होस् पुर्याई कुनै पनि भवन निर्माण देखि पूर्वाधार विकास सम्मका योजनालाई यस्ता प्राकृतिक प्रकोप प्रतिरोधक निर्माण गर्यौ भने ठुलो जनधनको क्षति हुनबाट भने पक्कै पनि बच्न सक्छौ ।


भुकम्पबाट बच्ने केहि उपायहरु
१। भुकम्प तथा यस्ता प्राकृतिक प्रकोप सम्बन्धि सचेत रही त्यस सम्बन्धि योजना बनाएर मात्र आफ्ना निर्माण तथा अन्य कार्यहरु गर्ने


२। प्राबिधिक तथा विशेषज्ञहरुको सल्लाह अनुसार आफ्ना निर्माण कार्यहरु गर्ने साथै पानीको पाइप देखि लिएर निर्माण सामग्रीहरु गुणस्तरयुक्त प्रयोग गर्ने


३। घरका झ्याल ढोका ठुला र सबै कोठामा सजिलै आवत जावत गर्न सकिने खालका बनाउने साथै घर वरीपरि केहि खुल्ला ठाउँ राख्ने


४। कुनै पनि सामग्री प्रयोग गरिसके पछि उचित ठाउँमा उचित तरिकाले राख्ने जस्तै ग्यास चुलो प्रयोग पछि रेगुलेटर बन्दगर्ने बिजुलीका प्लगहरु बन्द गरेर राख्ने


५। यस्ता प्राकृतिक प्रकोप बारे जानकारी राख्ने


६.अत्यावश्यकीय वस्तु औषधी, खानेपानी, फास्टफुड जस्तै चाउचाउ, विस्कुट, लगायतका खाद्यान्न, टर्च भएको एउटा झटपट झोला तयार गरी राख्ने जसले समस्या परेको बेला सहज हुन सक्छ ।


७.भुकम्प आउँदाको समयमा नआत्तीइ संयमित भई सुरक्षित स्थानमा बस्ने
 

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया