गभर्नर नियूक्तीमा जुँगे लडाई, हाम्रो मान्छे कि राम्रो मान्छे !

देशले खुला अर्थतन्त्रमा पाइला टेकेको २ दशकबाट उकालो लागि सकेको छ । सरकारले बित्तिय नीति अन्तर्गत कर लगानी मुद्रास्फीति बेरोजगारी मूल्य स्थिरता आर्थिक वृद्धि तथा स्रोत र साधनको बाँडफाँड आदि कार्य गरि अर्थतन्त्र लाई एउटा दिशा दिने गर्दछ सरकारको बित्तिय नीति अन्तर्गत लिइएका लक्ष्यहरु हाँसिल गर्नको लागि केन्द्रिय बैंकले मौद्रिक नीतिहरु ल्याउने गर्दछ। देशको सोहि केन्द्रिय बैंकको प्रमुख (गभर्नर) पदको पदावधि यहि चैत ५ गते बाट रिक्त हुदैछ । उक्त रिक्त पदमा  नया गभर्नर नियुक्तिका लागि अहिले छनौट समिति गठन संगै विभिन्न छलफलका बैठकहरु धमाधम भईरहेका छन् भने गभर्नर आफ्नो पकेटको मान्छे बनाउन काँग्रेसका नेताहरु निकै दौडधुप गरिरहेका छन । यस सन्दर्भमा सामाजिक संजालहरुमा समेत निकै चर्चा र तर्कबितर्कहरु आईरहेका छन  ।

 

देशको अर्थतन्त्रको गतिलो डाईभरका रुपमा रहेको गभर्नर र गभर्नर छनौटमा देखिएको नीहत स्वार्थ केन्द्रित राजनीतिकरणले भोलीको देशको केन्द्रिय बैंकको अवस्था कस्तो होला ? यसले सिंगो अर्थतन्त्र कुन दिशा तर्फ़ लैजाला ? त्यसो त गभर्नर मात्रै नभएर हाम्रो देशमा विभिन्न समयमा सरकार परिवर्तन संगै उच्च तहका पदमा आफ्नो पार्टी समर्थक र आफु निकट लाई सरुवा, बढुवा साथै नियुक्ति सम्म दिने गरिएको सर्बबिदितै छ ।  जसका कारण विभिन्न योजनाहरु प्रभावित भई समयमा पुरा नभएका थुप्रै उदाहरणहरु हाम्रा सामु छदै छन् ।
 

तसर्थ नेपाल राष्ट्र बैंक जस्तो गरिमामय निकाय र राष्ट्रको मौद्रिक नीतिको नियन्त्रण गर्ने तथा वित्तिय नीतिलाई समेत परिपुर्ति गर्ने निकायको प्रमुख नियूक्तीको बिषयलाई लिएर भईरहेको राजनीतिक तथा घिनलाग्दो खिचातानीले गभरनर पदको गरिमालाई समेत होचो बनाई रहेको छ । तसर्थसरकारले हाम्रो र मेरो भन्दा पनि राम्रो र दक्ष व्यक्तिलाई गभरनका रुपमा छनौट गर्ने व्यवस्था गरोस् । यतिहुन सकेमा मात्र सरकार प्रति जनता र सरोकारवालाहरुको सकारात्मक धारणा बन्ने छ भने स्वयं गभरनर जस्तो राष्ट्रको उच्च ओहोदाको पदको गरिमा पनि कायम रहने छ । सरोकारवालाको ध्यान जाओस् ।
 

 

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया