बिदेशिएका नेपालीको लागी रेमिट हाइड्रोको बिशेष अवसर, के हुन त बिदेशिएका नेपालीले पाउने अवसर !!!


काठमाडौं, फागुन १७ । विदेशमा रहेका नेपालीहरुका लागि नेपाल सरकारको स्वामित्वमा रहेको जलविधुत लगानी तथा विकास कम्पनीले रेमिट हाइड्रो नामक लगानी योजनामा लगानी गर्ने अवसर दिने तयारी गरेको छ । लगानीकर्ताले बाँचुन्जेल पेन्सन जस्तै आर्कषक प्रतिफल पाउने छन् ।

 

विदेशमा दु:ख गरी कमाएको पैसा बिभिन्न बाहनामा बचत नहुने समस्या धेरैको छ । यसै समस्याको समाधान स्वररुप यस योजनाले बिशेष ठाँउ पाउन सक्छ । यस योजनामा सहभागी हुने लगानीकर्ताको नेपालमा बैँकमा खाता हुनु अनिवार्य छ । श्रमिकहरुले आफुले कमाएको पैसा मासिकरुपमा खातामा थोरै- थोरै जम्मा गरी सेयर लगानी गर्न पाउने छन् । रेमिट हाइड्रो योजना मार्फत पूर्वी नेपालको ताप्लेजुङको थिङवा र घुम्सा खोलामा १ सय ३० मेगावाटको जलबिद्युत आयोजना निमार्ण गर्ने भएको छ । किस्ताबन्धिमा लगानी गरेर आजीवन प्रतिफल दिने लक्ष्य यस योजनाको छ । यस आयोजनामा जलबिद्युत बिकास कम्पनीको ५१ प्रतिशत, स्थानियबासीको १५ र सर्वसाधरणको १० प्रतिशत शेयर हुनेछ । रेमिट्यान्सबाट भित्रिएको रकमको ४ प्रतिशत मात्र बचत हुने गरेको छ भने ८२ प्रतिसत रकम उपभोगमा खर्च हुने गरेको छ । तत्कालिन उर्जा मन्त्री गोकर्ण बिष्टले स्थापना गरेको यस कम्पनीले बिभिन्न सात आयोजनामा लगानी गरीसकेको छ ।
 

फेसबुकबाट तपाईको प्रतिक्रिया