एनबीको शाखा भोजपुरमा


काठमाडौ, कात्तिक १४ पूर्वी पहाडी जिल्ला भोजपुरमा नेपाल बंगलादेश (एनबी) बैंकले २२ औं शाखा खोलेको छ ।

 शाखा उद्घाटन गर्दै बैंकका कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुंगेलले शाखाबाट भोजपुरमा निक्षेप संकलन, घरेलु उद्योग, कृषि, यातायात व्यवसाय, पशुपालन, सुनचाँदी व्यवसाय, हाइड्रोपावर र पर्यटन व्यवसायमा लगानी गर्ने बताए ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले भोजपुर जस्तो दुर्गम ठाउँमा शाखा खोलेर बैंकले सराहनीय काम गरेको बताउँदै सदरमुकाम केन्द्रित मात्र नभई ग्रामीण क्षेत्रमा पनि सेवा विस्तार गर्नुपर्नेमा जोड दिए ।

उद्योग वाणिज्य संघका अध्यक्ष डम्बर श्रेष्ठले बैंकले कृषि क्षेत्रलाई केन्द्रित गरी लगानी गर्नुपर्ने बताए । बैंकका सञ्चालक माधवप्रसाद न्यौपानेले जिल्लाका ग्रामीण क्षेत्रमा बैंकिङ सेवाको सम्भव्यता अध्ययन गरी शाखारहित सेवा सञ्चालन गरिने जानकारी दिए । आजको कारोबार दैनिकमा खबर छ ।

 
 

फेसबुकबाट तपाईको प्रतिक्रिया