डलरले बढाएको आर्थिक चुनौती

अमेरीकी डलर निरन्तर रुपमा वृद्धि हुँदै जाँदा हाम्रो जस्तो आयतमुखी राष्ट्रमा ठूलो प्रभाव परेको छ । भारतीय रुपैयाँ कमजोर हुन थाले सँगसँगै नेपाली मुद्रा पनि अवमूल्यन हुँदै गयो । हामीले दैनिक उपभोग गर्ने दाल चामल देखी लिएर आरामदायी तथा मनोरञ्जन कालागी आवस्यक पर्ने नयाँ नयाँ प्रबिधीका सबै सामाग्रीहरु सबै बिदेशबाट नै आयात हुने गरेको छ । बिदेशमा पनि भारतबाट गरिने आयात अन्य देशबाट गरिने आयात भन्दा सर्बाधिक बढि रहेको छ ।


पछिल्लो करिब ३ महिने अबधीमा १ डलर लिनका लागी १०० रुपैयाँभन्दा बढि नेपाली रुपैया ँभुक्तानी गर्नु पर्ने भएपछि नेपाली अर्थतन्त्रमा पनि यसको प्रभाव पर्ने देखिएको छ । खासगरी बिदेशबाट आयात गरिने बस्तुहरुको मुल्यमा भएको बृद्धिले नेपाल जस्तो आयातमुखी अर्थतन्त्रमा तिब्र मुल्यबृद्धि हुन थालेको हो । सरकारले चालु आर्थिक बर्षमा मुल्य बृद्धि ८ प्रतिशतमा सिमित गर्ने प्रक्षेपण गरेपनि अव त्यो सम्भावना नहुने अवस्था देखिई सकेको छ ।


डलरसँग भारतियमुद्रा ईतिहासकै कमजोर अवस्थामापुगेपछि भारतसँग स्थिर बिनिमय भएको नेपाली रुपैयाँ पनि भारतिय मुद्रासँगै कमजोर बन्न पुगेको छ । भारतसँगको स्थिर सटही दरमा हाल नेपाली रुपैया १ सय ६० खर्च गरेर भारतिय रुपैयाँ १ सय प्राप्त गर्न सकिन्छ । नेपालमा भारतिय बजारमा डलरको प्रभाव हेरेर डलरको मुल्य तोक्ने गरिन्छ । तर लामो समय देखी नेपालको भारु सँगभने स्थिर सटही दर रहेको छ । नेपाल राष्ट बैंकले भारुसँगको स्थिर बिनिमय दरमा तत्काल कुनै परिवर्तन नआउने स्पष्ट पारिसकेको छ । अन्तराष्टिय बजारमा अमेरिकन डलर मात्र नभई पाउण्डस्टिर्लिङ्ग तथा चिनिया युवानपनि बृद्धि भईरहेको छ । तर नेपाली अर्थतन्त्र पाउण्डको भन्दापनि अमेरिकन डलरको मुल्य बृद्धिले प्रत्यक्ष असर पारिरहेको छ ।


पछिल्लो समयमा अमेरिकी अर्थतन्त्र तथा बिगतमा ठुलो ऋणसंकट झेलिरहेका युरोपियन राष्टहरुमा देखिएको सुधारका कारण अमेरिकी डलरमा बृद्धि भईरहेको छ । यतिबेला डलरमा भएको लगातारको बृद्धिले भारत, मलेसिया, कतार लगाएतका एसियाली राष्टहरु निकै प्रेसरमा परेका छन भने सधैं आफ्नो मुद्रालाई कमजोर बनाएको आरोप बेहोर्दै आएको चिनको लागी भने अन्तराष्टिय बजारमा देखिएको डलरको मुल्यबृद्धिले तुलनात्मक रुपमा फाईदा भईरहेको छ । खासगरी पाउण्ड र अमेरिकी डलरको मुल्यमा बृद्धि हुँदा चिनिया बस्तुहरु सस्तिन पुगेका छन र बिश्व बजारमा चिनियाँ बस्तुहरुको माग बढिरहेको तथ्यांक आईरहेको छ । पछिल्लो १ डेड महिनाको हाराहारीमा नेपालीमुद्रा १५ रुपैयाँभन्दा बढिले कमाजोर बनिसकेको छ । यो क्रम बढिरहेको छ । यसरी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै जाँदा त्यसको प्रत्यक्ष असर सबै भन्दा बढि नेपालको पेटोलियम देखिने छ । अहिलेको अवस्थामा डलरको मुल्य रहिराख्दा नेपाल आयल निगमको घाटा १ अर्व २५ करोड भन्दा बढि पुग्ने देखिन्छ । डलरमा भएको मुल्य बृद्धिले पछि तिर्ने गरी एलसी खोलेर सामान आयात गर्दा घाटा लागेका व्यापारीहरुले बस्तुको मुल्य बढाएर बिक्री गर्ने हुँदा बजारमा बस्तुको मुल्यमा तिब्र बृद्ध हुने सम्भावना छ । खासगरी ईलेक्टिक सामानहरु, सवारी साधनहरु, लत्ताकपडा तथाअन्य बस्तुहरुको मुल्यमामुल्य बृद्धि हुने देखिन्छ । अहिले डलरमा देखिएको मुल्य बृद्धिले बिदेशमा पढ्न जाने, औषधोपचारको लागी बिदेशमा जाने, पर्यटक भएर बिदेश जाने जस्ता खर्चहरुमा पनि बृद्धि भएको छ ।


बिदेशी मुद्राको तुलनामा स्वदेशी मुद्रा कमजोर हुँदा यदि बिदेशबाट आयात गरिने बस्तुहरुको प्रतिष्प्रर्धि उद्योगहरु स्वदेशमै भएको अवस्थामा स्वदेशी बस्तुहरुको उपभोग बढ्ने हुँदा अर्थतन्त्रलाई फाईदा गर्छ तर नेपालमा त्यस्तो अवस्था नभएको र आयात निर्यातको अनुपातमा ठुलो ग्याप रहेको हुँदा यो बृद्धिले फाईदा भन्दा घाटा नै पर्नेछ । नेपालले कुल आयातको जम्मा १२ प्रतिशत मात्र निर्यात गर्दै आएको छ । गतआर्थिक बर्ष नेपालले ५ खर्ब ५६ अर्ब बराबरको आयात गरेको थियो भने जम्मा ७७अर्व रुपैयाँ बराबरको निर्यात गरेको थियो ।डलरको मुल्यमा भएको तिब्र बृद्धिले नेपाली पश्मिना, हस्ता कला, नेपाली लत्ता कपडा तथा जडिबुटिको निर्यात व्यापारलाई भने फाईदा पुगेको छ । डलरको मुल्यमा बृद्धि हुँदा सरकारलाई बिदेशी ऋणको व्याज र साँवा भुक्तानीमा बाधा पर्छ भने बिदेशी दातृ समुदायबाट सहयोग आउँदा स्वदेशी अर्थतन्त्रलाई फाईदा पुग्ने हुन्छ । अर्को तर्फ पछिल्लो डलरको बृद्धिले रेमिट्यान्स मार्फत डलर भित्रिने हुँदा केही हदसम्म फाईदा पुगे पनि रेमिटेन्स रकमको ९५ प्रतिशत हिस्सा उपभोगमा खर्च हुन जाँदा यसले अर्थतन्त्रलाई खासै फाईदा पु¥याँउदैन । गतबर्ष ४ खर्ब ३४ अर्व बराबरको रेमिटेन्स स्वदेश भित्रिएको थियो । डलरको मुल्यमा भएको बृद्धिले व्यापार घाटा अँझ बढेर जाने देखिन्छ ।


समग्रमा डलरमा देखिएको पछिल्लो बृद्धिले निर्यात व्यापारको अवस्था न्यून भएको र देशभित्रखासै उत्पादन मुलक उद्योगधन्दाहरु नभएको कारण नेपाली अर्थतन्त्रलाई पनि नकारात्मक असर पर्ने देखिन्छ । यसको प्रमुख असरहरुमा मुल्य बृद्धि बढ्ने तथा व्यापार घाटा चुलिने छ ।

 

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया